वाणिज्य संघद्वारा सरुवा भएका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सापकोटाको विदाई

कञ्चनपुर २७ चैत ।
कञ्चनपुर उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाको विदाई गरेको छ । सह सचिव सापकोटा ११ महिनादेखि कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी(सिडियो)का रुपमा कार्यरत थिए । गृह मन्त्रालयले सापकोटाको मन्त्रालयमा सरुवा गरेको थियो । बुधबार एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी सापकोटाको वाणिज्य संघले फेरी भेटौँला कार्यक्रम राखेर विदाई गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रशाद बोहराले लामो प्रमुख जिल्ला अधिकारी सापकोटाले जिल्लामा परेको कामकाजको प्रसंसा गर्दै सरुवाका बखत विदाई गरेको बताए । महासचिव बोहराले मायाको चिनो बाफत विजयशालकोे गिलास सहित गिफ्ट दिएर सम्मान विदाई गरेकको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देश विकासका लागि निजी क्षेत्र सक्षम हुनुपर्ने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एव कावा अध्यक्ष सुरेश गु्रुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा अर्का उपाध्यक्ष धर्मसिह रावलले समापन गरेका थिए । कार्यक्रममा पुर्व खानेपानीमन्त्री अब्दुल खाँको समेत स्वागत गरेको छ । वाणिज्य संघका महासचिव बोहराले पुर्वमन्त्री खाँलाई जिल्लाकोे औद्योगिक बृद्धि विकासका लागि ध्यानाकर्षण गराएका छन । पुर्वमन्त्री खाँले देश विकासका लागि त्रिपक्षीय सम्बन्ध आवश्यक रहेकोे औल्याए । पुर्वमन्त्री खाँले निर्माणधिन महाकाली पुलको समेत स्थलगत अनुगमन गर्दै समयमै पुल निर्माणमा जोडदिएका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?