स्ववियु निर्वाचनको माग अघि सारेर आमरण अनसन 

 

कञ्चनपुर, २२ चैत्र ।

कञ्चनपुरमा रहेकाे सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियु) निर्वाचनको माग अघि सारेर आमरण अनसनमा बसेका छन । स्वतन्त्र विद्यार्थी आवाज समुहका विद्यार्थीले सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनको माग अघि सारेर आमरण अनसनमा बसेका हुन । स्वतन्त्र विद्यार्थी आवाज समुहका संयोजक छत्र खडकाले बिहीबारदेखि केन्द्रीय क्याम्पसमा अनसनमा बसेको बताए । उनले २७ चैत्रमा तोकिएको स्ववियु निर्वाचन क्याम्पस प्रशासनका कारण नगर्ने षड्यन्त्र भईरहेका बेला आम विद्यार्थीको हकहितका लागि दवाव दिन आमरण अनसनमा बसेको बताए ।

‘हाम्रो माग निर्धारित तोकिएकै समयमा निर्वाचन होस भन्ने हो, ‘यसमा क्याम्पस प्रशासनले चासो नै देखाएको छैन ।’

यस अघि अखिल क्रान्तिकारी, अनेरास्ववियु र प्रजातान्त्रिक विद्यार्थी संघ संगठनहरुले समेत समयमै निर्वाचनको माग अघि सारेर दवावमुलक कार्यक्रम गरेको थियो । क्याम्पस प्रशासनले १८चैत्र उम्मेदवारी दर्ताको अधिल्लो दिन नेकपा एकीकृत समाजवादी र विप्लव निकट विद्यार्थीले वास्तविक विद्यार्थीलाई निर्वाचन प्रकृयाबाट बञ्चित गराएको भन्दै निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन प्रकृया स्थगित गरेको जनाएको छ ।

डेढ दशक अघि स्थापना भएको सुपविको केन्द्रीय क्याम्पसमा अहिलेसम्म स्ववियु निर्वाचन हुन नसकेको छैन । केन्द्रीय क्याम्पसका स्ववियु सभापति विश्वविद्यालय सिनेट सदस्य हुने प्रावधान भएकाले क्याम्पस प्रशासन, विश्वविद्यालयका पदाधिकारीकाले समेत स्ववियु निर्वाचन नचाहेको उपज वास्तविक विद्यार्थीको नाम छुटाएर विद्यार्थी आन्दोलित बनाएको समेत चर्चा हुन थालेको छ । माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने स्वतन्त्र विद्यार्थी आवाजले जनाएको छ । सुपवि केन्द्रीय क्याम्पसमा चुनावका लागि १० विद्यार्थी संघ संगठन दर्ता भएका थिए ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?