अखिल क्रान्तिकारी सुप विश्वविद्यालय केन्द्रीय क्याम्पस सभापतिका उम्मेदबार अवस्थी

शुनिल राना
कञ्चनपुर, १३ चैत्र
२७ चैत्रमा सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन९स्ववियु० निर्वाचनका लागि अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार टुङग्याएको छ ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सभापतिका उम्मेदवार घोषणा गरेको हो ।
अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष दल बहादुर धामी(अग्नी)ले क्रान्तिकारी नेता हेमराज अवस्थीलाई सभापतिको उम्मेदवार बनाउने गरेर घोषणा गरिएको बताए ।
‘अहिले हामीले सभापतिको उम्मेदवारको टुङगो लगाएका छौँ, ‘उनले भने, ‘केही दिनमै बाँकी पदाधिकारी सदस्य पनि टुङगो लगाउँछौँ ।’
संगठन दर्ता, सभापतिको उम्मेदबार टुङगो लगाएसंगै क्रान्तिकारी चुनावी तयारीमा जुटेको अखिल क्रान्तिकारी केन्द्रीय सदस्य डम्बर कुँवरले बताए । सभापतिका उम्मेदवार टुङगो लगाएको अखिल क्रान्तिकारीका नेता हेमराज अवस्थीलाई नेकपा माओवादी केन्द्र कञ्चनपुरका इन्चार्ज टेकेन्द्र प्रशाद भट्ट सहित माओवादी एव अखिल क्रान्तिकारीका नेता कार्यकर्ताहरुले बधाई तथा अग्रीम शुभकामना दिएका छन । अवस्थी सुपवि केन्द्रीय क्याम्पस स्नाकोत्तर तहमा अध्ययनरथ छन । सुपवि स्थापनाको १४बर्ष अर्थात पहिलो पटक स्ववियु निर्वाचनमा १० विद्यार्थी संघ संगठन होमिएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?