शुक्लाफाँटा–०७ मा राप्रपा वडा कमिटीको अध्यक्षमा वडु

तपेन्द्र बिष्ट
कञ्चनपुर ०६ चैत ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–०७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटी पुर्नगठन गरेको छ । बुधबार शुक्लाफाँटा नगरपालिका –०७ मा बहादुर ऐरको अध्यक्षतामा कमिटी चयन गरेको हो । धर्मानन्द बडुको अध्यक्षतामा २१ जना सदस्यीय कमिटी गठन गरिएको छ ।
बहादुर ऐरको अध्यक्षतामा प्रमुख अतिथी राप्रपा सह–प्रवक्ता तथा केन्द्रीय सदस्य पूर्ण बहादुर चन्द रहेका थिए भने बिशिष्ट अतिथी सुप प्रदेश सदस्य जित बहादुर भण्डारी, क्षेत्र नं.०२ का क्षेत्रिय अध्यक्ष बम बहादुर बम र अतिथि राप्रपा महिला केन्द्रीय सदस्य लक्ष्मी चन्द सिह, नगर अध्यक्ष हिक्मत रतोकी, राप्रपा युवक संगठनका केन्द्रिय सदस्य तपेन्द्र बिष्ट, ललित हमाल लगायतका वडा, नगर कमिटी सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिवेशनबाट उपाध्यक्षमा गजेन्द्र बहादुर धानुक, मान बहादुर ठगुन्ना, गौरा भट्ट, सचिव गज बहादुर चन्द, सह–सचिव हिरा बिष्ट भण्डारी, कोषाध्यक्ष जित बहादुर महरा रहेका छन् भने सदस्यहरुमा लाल सिंह ढुंगाल, पुस्कर सिंह, मनिराज जोशी, बहादुर सिंह ऐर, मिन बहादुर धानुक, मान बहादुर बोहरा, शंकर धामी, धनपती भट्ट, मदन सिंह धामी, जालपा देवी सिंह, गौर सिंह बोहरा, चन्द्र देव जोशी, भुवनेश्वरी चन्द पनेरु, जित सिंह भण्डारी सर्वसम्मत चयन भएका छन । राप्रपा केन्द्रीय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला क्षेत्र नं. ०२ का क्षेत्रीय अध्यक्ष बम बहादुर बमले जानकारी दिएका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?