बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग
बेलडाँडी ०३ चैत ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।
आईतबार बेलडाँडी गाउँपालिका –०३ मा क्षेत्र नं. ०१ का संयोजक दिल्ली शाहीको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष धन बहादुर बिष्टको साथमा १५ जनाको कमिटी गठन गरीएको हो ।
आयोजित कार्यक्रम शाहीको अध्यक्षतामा प्रमुख अतिथि राप्रपा केन्द्रिय सदस्य बसन्ती शाही रहनु भएको थियो भने जिल्ला निर्वाचन समिति सदस्य आत्मराम दाहाल र बिरेन्द्र बहादुर चन्द लगायत वडा , नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।
उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा श्याम गिरी,कृष्णा देवी बिष्ट सचिव बलराम कोर, कोषाध्यक्ष हर्क बहादुर कुवँर सदस्यहरुमा पदमा देवी बिष्ट, प्रेम बहादुर शाही,मधु देवी बिष्ट, समशेर सिंह चौधरी,देब बहादुर बिष्ट, डम्मर बहादुर बिष्ट, बिरु चौधरी, मानमती देवी बिष्ट, लक्ष्मी देवी गिरी देबकी देवी बिष्ट सर्वसम्मत मनोनित भएका छन ।
राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको कञ्चनपुर जिल्ला क्षेत्र नं. ०१ का संगठन विस्तार संयोजक शाहीले जानकारी दिएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?