पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

 

नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत

कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि पुर्नगठन सम्पन्न गरेको छ ।

शनिबार पुनर्वास नगरपालिका –०४ मा दिल्ली शाहीको अध्यक्षतामा नव निर्वाचित अध्यक्ष काशीराम बिष्टको साथमा २१ जनाको कमिटी गठन गरीएको हो ।

आयोजित कार्यक्रम शाहीको अध्यक्षतामा जिल्ला निर्वाचन समिति सदस्य बिरेन्द्र बहादुर चन्द र आत्मराम दाहाल लगायत वडा ,नगर कमिटि सदस्य तथा पार्टी शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

यस्तै उक्त वडा अधिबेशनबाट उपाध्यक्षमा महेश्वरी सुनार, सचिव सुनिल ज्ञवाली, सह–सचिव तुलसा गजुरेल,कोषाध्यक्ष सरिता कोईराला (बिष्ट) सदस्यहरुमा प्रकाश राणा, सरस्वती अर्याल उपाध्याय,बसन्ती शाही, खगेन्द्र सुनार,जयकला सुनार, किशन बिष्ट,सुरेन्द्र शाही,तुल बहादुर रोका,दिल कुमारी अधिकारी, आशिष गिरी, धनिराम चुनारा, पार्वती दमाई, लाल बहादुर शाही, दल बहादुर शाही, प्रतिक अधिकारी, मनोज सापकोटा (जैसी) सर्वसम्मत मनोनित भएका छन ।

राप्रपा केन्द्रिय कमिटीको निर्देशन अनुरुप वडा गठनलाई निरन्तरता दिईएको निर्वाचन समिति सदस्य बिरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?