मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत । 

मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक बृद्धाआश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेका छन । मुगु कालिका माेबाईल सेन्टरका संचालक समेत रहेका मोवाईल तथा कपडा व्यवसायीले आफ्नो छाेरा जेम्स आचार्यकाे तेस्रो बर्ष पुरा भई चाैथाे बर्ष दिनकाे जन्मजयन्तीको अवसरमा बेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा बृद्धाआश्रम सेवा समितिमा लुगाकपडा,फलफुल तथा खाद्यान्न सहयोग गरेका हुन ।

समाजिक कार्यमा अग्रसर रहने आचार्यले माेबाईल संघ तथा समाजिक संस्था जस्ता संगठनबाट यस पुर्व आश्रमा सहयाेग कार्यक्रममा सहभागी भईसकेकाे बताउदै आफुलाई व्यक्तिगत तथा परिवारको तर्फबाट उक्त पुण्यको काममा सहभागी हुन पाउदा खुशी लागेकाे बताएका छन।

कपडा तथा मोवाईल व्यवसायी गर्दे समाजसेवी समेत रहेका व्यवसायी आचार्यले सपरिवार सहित जेष्ठ नागरिकसंगै आश्रममै केक काटेर छाेराकाे जन्मदिन मनाएका छन ।

आचार्य सहितका उनकी धर्मपत्नी कबिता आचार्य, आमा बाचुकला आचार्य , छोरा जेम्स आचार्य सहितका आफन्त घर परिवारले बेसाहरा जेष्ठ नागरिकलाई लुगाकपडा, फुलफुल तथा खाध्यान्न वितरण गरेका थिए यसरी कपडा,फलफुल तथा खाद्यान्नका साथै मिठाई केक काटेर आश्रममै जन्मदिन मनाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन । आफ्नै सन्तानको जन्मदिवस जस्तै भनेर जेष्ठ नागरिक उत्साहित हुँदै उनलाई फुल दिएर आर्शिवाद दिएका थिए । व्यवसायी आचार्यले समाजिक सेवाका लागि आफ्नो खुसीमा घरपरिवारबाट बेसाहरा बनेका जेष्ठ नागरिकसगै खुसी साटासाट गरेको बताए । आचार्यले आगामी दिनमा पनि बृद्धआश्रम सहित जेष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?