मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत । 

मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक बृद्धाआश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेका छन । मुगु कालिका माेबाईल सेन्टरका संचालक समेत रहेका मोवाईल तथा कपडा व्यवसायीले आफ्नो छाेरा जेम्स आचार्यकाे तेस्रो बर्ष पुरा भई चाैथाे बर्ष दिनकाे जन्मजयन्तीको अवसरमा बेदकोट नगरपालिका ७, ८ रौटेलामा रहेको बैजनाथ धाम तथा बृद्धाआश्रम सेवा समितिमा लुगाकपडा,फलफुल तथा खाद्यान्न सहयोग गरेका हुन ।

समाजिक कार्यमा अग्रसर रहने आचार्यले माेबाईल संघ तथा समाजिक संस्था जस्ता संगठनबाट यस पुर्व आश्रमा सहयाेग कार्यक्रममा सहभागी भईसकेकाे बताउदै आफुलाई व्यक्तिगत तथा परिवारको तर्फबाट उक्त पुण्यको काममा सहभागी हुन पाउदा खुशी लागेकाे बताएका छन।

कपडा तथा मोवाईल व्यवसायी गर्दे समाजसेवी समेत रहेका व्यवसायी आचार्यले सपरिवार सहित जेष्ठ नागरिकसंगै आश्रममै केक काटेर छाेराकाे जन्मदिन मनाएका छन ।

आचार्य सहितका उनकी धर्मपत्नी कबिता आचार्य, आमा बाचुकला आचार्य , छोरा जेम्स आचार्य सहितका आफन्त घर परिवारले बेसाहरा जेष्ठ नागरिकलाई लुगाकपडा, फुलफुल तथा खाध्यान्न वितरण गरेका थिए यसरी कपडा,फलफुल तथा खाद्यान्नका साथै मिठाई केक काटेर आश्रममै जन्मदिन मनाएपछि जेष्ठ नागरिक उत्साहित भएका छन । आफ्नै सन्तानको जन्मदिवस जस्तै भनेर जेष्ठ नागरिक उत्साहित हुँदै उनलाई फुल दिएर आर्शिवाद दिएका थिए । व्यवसायी आचार्यले समाजिक सेवाका लागि आफ्नो खुसीमा घरपरिवारबाट बेसाहरा बनेका जेष्ठ नागरिकसगै खुसी साटासाट गरेको बताए । आचार्यले आगामी दिनमा पनि बृद्धआश्रम सहित जेष्ठ नागरिकको सेवा गर्ने प्रण गरेका छन ।

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?