वेष्ट्रर्न पब्लिक एकेडेमीको २५ औँ बार्षिकोत्सव

कञ्चनपुर, २३ फागुन । 

कञ्चनपुरको भीमदत्त नगरपालिका १८ महेन्द्रनगरमा रहेकाे निजि स्कुलले बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।शुक्रबार एक कार्यक्रमका विच कटानमा रहेकाे वेष्ट्रर्न पब्लिक एकेडेमी विद्यालयले २५औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । बार्षिकोत्सव कार्यक्रममा प्रिन्सिपल विवेकराज कलौनीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा जोड दिएका छन ।

प्रिन्सिपल कलौनीले विद्यालयले शैक्षिक गुणस्तर बृद्धिकै कारण विद्यार्थीको आकर्षण बढिरहेको बताए । ‘अहिले नर्सरीदेखि कक्षा १२ सम्म ६ सय हाराहारी विद्यार्थी अध्ययनरत छन, ‘उनले भने, ‘शैक्षिक गुणस्तर सहित थप शिक्षा सुधारका कार्यक्रम संचालन निरन्तर गछौँ ।’ वेष्ट्रर्न एकेडेमीका संचालक बिर्ख बहादुर मल्लले आगामी बर्षमा आफ्नै विद्यालय भवन निर्माण गरिने बताए ।

कार्यक्रममा सुदूरपश्चिमको लोक नृत्य प्रस्तुत गरिएको थियो । उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ । वेष्ट्रर्न एकेडेमीका अध्यक्ष बिरेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक हेमन्त सिहले गरेका थिए । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक लगायत सरोकारवालाको सहभागिता रहेको थियो

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?