धर्म सिंह धामी महेन्द्रनगर १० फागुन ।
कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको छ ।

कञ्चनपुर जिल्ला क्रिकेट संघले १६ फागुन देखि कञ्चनपुरको महेन्द्रनगरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने भएको हो ।
कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले क्रिकेटको बृद्धि विकासका लागि प्रतियोगिता आयोजना गरिएको
बताए ।
अध्यक्ष चन्दका अनुसार उक्त प्रतियोगितामा शिक्षा, बैंकर, व्यसायिक एव फाईनासियल संघ संस्थाका टिम मात्रै सहभागि हुनेछन ।
हालसम्म झण्डै २०टिम सम्पर्कमा आएका छन । १७ हजार रुपैया टिम दर्ताका लागि निर्धाण गरिएको छ । विजेता टिमलाई ८८ हजार, ८ सय ८८ रुपैया उपविजेतालाई ४४ हजार, ४ सय ४४ रुपैया नगद सहित ट्रफि प्रमाण पत्र वितरण गरिनेछ ।
म्याद अफ दी सिरिज ५ हजार ५सय ५५ रुपैया , वेष्ट ब्याट्मेन ३ हजार, ३ सय ३३ रुपैया ,बेष्ट बलर ३ हजार ३ सय ३३ रुपैया र सर्वाधिक छक्का हान्नेलाई २ हजार २ सय २२ रुपैया पुरस्कार प्रदान गरिनेछ ।
कञ्चनपुर क्रिकेटको उर्बराभूमि भएकाले थप क्रिकेटको बृद्धि विकासदेखि खेलकुद पर्यटन प्रर्बद्धन गरिनेछ ।



