छाडा पशुचौपाया व्यवस्थापन गर्दै दोधारा चाँदनी नगरपालिका

पप्पु गुरुङ्ग दाेधारा ०८ फागुन।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालिएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० महाकाली नदीको नजिक छाडा पशुचौपायालाई व्यवस्थापनको लागी गौशाला निमार्ण कार्यलाई अघि बढाईएको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । अहिले उक्त गौशालामा झण्डै ३ सय बढी छाडा पशुचौपायालाई राखिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाले शुदुरपश्चिम प्रदेश सरकार संग समन्वय गरि छाडा पशुचौपायालाई व्यवस्थापनको लागी गौशाला निमार्ण कार्यलाई अघि बढाउदै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १० महाकाली नदीको छेउमा मेचिङ फण्डमा रु. २ करोडको पक्की तटबन्ध गरि जग्गा सुरक्षित गरिसकेपछि गौशाला निमार्ण कार्यलाई अघि बढाईदै आएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । सुदुरपश्चिम प्रदेश सरकार कृषी मन्त्रालय अन्तर्गत रु. ३५ लाख र दोधारा चाँदनी नगरपालिकाको रु. १७ लाख मेचिङ फण्डबाट निमार्ण कार्य अघि बढाईएको हो । अहिले आएर घाँस तथा भुसा राख्नको लागी दोधारा चाँदनी नगरपालिकाले रु. १४ लाख बिनियोजन गरि निमार्ण कार्य अघि बढाईएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । पछिल्लो समय बढ्दै गएका छाडा पशुचौपायाले सवारी दुर्घटना बढ्नुका साथै नगर क्षेत्रमा रोपिएका बोट बिरुवामा नोक्सानी पुर्‍याउदै आएको छ् । गाँउ, बस्तीका किसानले लगाएका बालीनालीमा क्षती पुर्‍याउन थालेपछि दोधारा चाँदनी नगरपालिकाले छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको हो । नगरप्रमुख किशोर कुमार लिम्बुले आउने वर्षमा गौशालालाई उत्पादन संग जोड्ने र दुग्धको परिकार बनाउने सम्मको योजना सुदुरपश्चिम प्रदेश सरकार भुमी व्यवस्था मन्त्रालय संग मौखिक सहमती भएको नगरप्रमुख लिम्बुले बताउनुभएको छ् । उक्त योजनाको लागी प्रस्तावना लेखनको तयारीमा नगरपालिका अघि बढिरहेको उहाँको भनाई रहेको छ् । छाडा पशुचौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहु पुगेपछि व्यवस्थापनको निम्ती दोधारा चाँदनी नगरपालिका कार्यालयले अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन थालेको हो । जनजिविका संग सरोकार विषयमा गम्भीरतापूर्वक समस्या समधानमा लागिएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् ।

 

 

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?