कञ्चनपुर १३ जेठ


भीमदत्त नगरपालिकाको भाषिमा रहेको रोयल दरबार होटलमा भएको ढुंगामुडा घटनापछि प्रहरीको भूमिकालाई लिएर स्थानीयस्तरमा प्रश्न उठ्न थालेका छन्। । घटनापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका सिसिटिभी फुटेज र पीडित पक्षको दाबीले प्रहरीको कार्यशैलीमाथि शंका उत्पन्न् भएको छ ।
सोमबार राति रोयल दरबार होटलमा भएको घटनामा होटल सञ्चालक प्रकाश कार्कीले होटल बन्द भइसकेको अवस्थामा बाहिरबाट ढुंगामुडा भएको र त्यसपछि आफूहरूले प्रहरीलाई खबर गरेको बताएका छन्। । उनका अनुसार राति करिब साढे १० बजेतिर होटलतर्फ ढुंगा प्रहार भएपछि प्रहरीलाई सूचना दिइएको थियो ।
घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भएको सिसिटिभी फुटेजमा ढुंगा हान्ने केही व्यक्तिहरू प्रहरी संग गफगाफ गरि घटनास्थलबाट निस्किएको दृश्य देखिएको छ । प्रहरिकै उपस्थिती भईसके पछि आरोपितहरु भागे पछि अहिले प्हरिको आलोचना समेत भईरहेको छ । यस विषयमास्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीको उपस्थितिमा पनि आक्रमणमा संलग्न व्यक्तिहरू सहज रूपमा बाहिरिएको विषयमा प्रश्न उठाएका छन् यद्यपि उक्त फुटेजबारे प्रहरीले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन।

होटल सञ्चालक कार्कीका अनुसार प्रारम्भिक टोली फर्किएपछि आफू, होटलका कर्मचारी तथा आफन्तहरू सिसी क्यामेराको फुटेज हेरेर घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्ने प्रयासमा रहेको वेला पुगेको प्रहरी टोलीले कार्कीसहित अन्य व्यक्तिहरूलाई नियन्त्रणमा लिएको उनले बताएका छन्।
पीडित पक्षका अनुसार घटनामा संलग्न व्यक्तिको पहिचान गर्ने प्रयास भइरहेका बेला आफूहरूमाथि नै प्रहरी कारबाही भएको हो । कार्कीले भने, “हामी होटलमा तोडफोड गर्ने व्यक्तिलाई चिन्न खोजिरहेका थियौँ, तर प्रहरीले हामीलाई नै अपराधीजस्तो व्यवहार गयो।”
घटनापछि मंगलबार कार्की रिहा भएका छन् भने अन्य पाँच जनामाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको बताइएको छ ।
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बीरेन्द्र थापा ले पक्राउ परेका व्यक्तिहरूले अभद्र व्यवहार गरेको दाबी गरेका छन्। । प्रहरीका अनुसार घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको समेत वताइएको छ ।
घटनापछि स्थानीय तहमा प्रहरीको भूमिकामाथि विभिन्न प्रश्न उठिरहेका छन्। सामाजिक सञ्जाल र स्थानीयस्तरमा मुख्य रूपमा एउटै प्रश्न उठ्न थालेको छ—घटनामा संलग्न व्यक्तिहरू उम्किन सफल भए भने पीडित पक्ष नै किन नियन्त्रणमा र्पयो? घटनाको वास्तविकता के हो भन्ने विषय अनुसन्धानपछि थप स्पष्ट हुने अपेक्षा गरिएको छ।


