पुजा चौधरी कञ्चनपुर, फागुन १
३० औँ जनयुद्ध दिवसको अवसरमा कञ्चनपुरमा दिप प्रज्वलन गरिएको छ । नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला र पालिका कमिटिहरुले साँझ दिप प्रज्वलन गरेका छन ।
बिहीबार जिल्ला सदरमुकाम भीमदत्त नगरपालिका मदन चोक सहितका सबै पालिका मुकामहरुमा पालिका पाटी कमिटीले दिप प्रज्वलन गरेका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक खेमराज पाण्डेयले जनयुद्ध दिवसको अवसरमा जिल्ला पाटीले भीमदत्त नगरपालिका मदन चोक सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुर्नवास, बेलौरी, बेलडाँडी, लालझाडीमा दिप प्रज्वलन गरिएको बताए । नेकपा माओवादी केन्द्रीय सदस्य माया नेगीले जनयुद्धका सहिदको स्मृतिमा जिल्लाभरी विभिन्न स्थानमा दिपप्रज्जलन गरेर मनाईएको बताईन । माओवादी केन्द्य्रले जनयुद्धको मर्म अनुरुप दिवस मनाएको जनाएको छ ।