दोधारा चाँदनीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

पप्पु गुरुङ्ग दोधारा २८ गते माघ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दुई महिने सिलाई कटानी तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सहयोग र सरस्वती सिकाई केन्द्र चाँदनीको आयोजनामा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले दुई महिने सिलाई कटाई तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । तालिमको उद्घघाटन गर्दै दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले सिलाई कटाई तालिम जीवन उपयोगी हुने भएकोले दुई महिना सम्म लगनशीलताका साथ सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै मेहनतका साथ सिप सिके जिवनमा परिवर्तन हुने वडाध्यक्ष पदम रावलको भनाई रहेको छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाई रहेको छ् । सोही कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले तालिमका सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागीताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात आफै व्यवसाय गर्न आग्रह गर्नुभयो । तालिम लिए पश्चात महिला दिदीबहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनु भयो । आयोजक संस्था सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, पुर्व वडाध्यक्ष कमलापती भट्ट लगाएत सरस्वती सिकाई केन्द्र चाँदनीका पदाधिकारी, तालिममा सहभागीहरुको उपस्थिती रहेको थियो । तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ् ।

 

ताजा खबर

बेलडाँडीमा आलु खेतीतर्फ किसानको आकर्षण, पकेट क्षेत्र कार्यक्रम प्रभावकारी

कञ्चनपुर ०२, पौष कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा रहेको सिद्ध वैजनाथ...

मेयर बोगटीः स्वर्गीय आमा–बुवाको स्मृतिमा प्रभात विद्या निकेतनलाई सहयोग

कञ्चनपुर २९, पौष  भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले...

राप्रपा बैतडीको अध्यक्षमा पुनः इन्द्रदेवशरण भट्ट चयन 

बैतडी,२८ पाैष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बैतडीको अध्यक्षमा पुनः...

राप्रपा भीमदत्तनगर -४ वडा कमिटी अध्यक्षमा गुप्ता 

अमित ठाकुर  कञ्चनपुर, २६पाैष । राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्तनगर वडा नंं...

बेदकोट ८का वडाध्यक्ष महेश जोशीको सकृयताले वडाका जनता लालपुर्जा पाउँदै 

धनसिह धामी   कञ्चनपुर, २४पुष कञ्चनपुरको बेदकोट नगरपालिका ८का लालपुर्जा बिहिन जनता...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?