दोधारा चाँदनीमा महिलाहरुलाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

पप्पु गुरुङ्ग दोधारा २८ गते माघ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा दुई महिने सिलाई कटानी तालिम सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिका– २ वडा कार्यालयको सहयोग र सरस्वती सिकाई केन्द्र चाँदनीको आयोजनामा महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्धेश्यले दुई महिने सिलाई कटाई तालिमको आयोजना गरिएको दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले जानकारी दिनुभएको छ् । तालिमको उद्घघाटन गर्दै दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले सिलाई कटाई तालिम जीवन उपयोगी हुने भएकोले दुई महिना सम्म लगनशीलताका साथ सिक्न सहभागीहरुलाई आग्रह गर्नुभयो । मानिसलाई सिपले स्वरोजगार बनाउने बताउदै मेहनतका साथ सिप सिके जिवनमा परिवर्तन हुने वडाध्यक्ष पदम रावलको भनाई रहेको छ् । श्रम र सिपले आय आर्जन गर्न सकिने भएकाले सिप हुने मानिस जहिले पनि समाजमा सम्मानित हुने उहाँको भनाई रहेको छ् । सोही कार्यक्रममा बोल्दै दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनारले तालिमका सहभागिताहरु आफैले छानेको तालिम भएकोले सहभागीताहरु स्वंयम केही गर्न सक्षम हुन सक्ने भन्दै तालिम सम्पन्न पश्चात आफै व्यवसाय गर्न आग्रह गर्नुभयो । तालिम लिए पश्चात महिला दिदीबहिनीहरु स्वरोजगार र आत्मनिर्भर बन्ने भएकाले यसले आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने वडाध्यक्ष भक्त बहादुर सुनारले बताउनु भयो । आयोजक संस्था सरस्वती सिकाई केन्द्र चाँदनीका अध्यक्ष केशव अवस्थीको सभापतित्वमा संचालन भएको उद्धघाटन सत्रमा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, वडा नं. ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, पुर्व वडाध्यक्ष कमलापती भट्ट लगाएत सरस्वती सिकाई केन्द्र चाँदनीका पदाधिकारी, तालिममा सहभागीहरुको उपस्थिती रहेको थियो । तालिममा ४० जना महिलाहरुको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ् ।

 

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?