कञ्चनपुर, १६ माघ । महेन्द्रनगर माध्यमिक विद्यालय (कटान)ले आफ्नो ४७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । भीमदत्त नगरपालिका १८, कटानमा रहेको महेन्द्र माध्यमिक विद्यालय (कटान) कञ्चनपुरको पुरानो समुदायिक विद्यालय आफ्नो स्थापना काल देखिनै शिक्षा क्षेत्रमा अब्बल रहेको छ । महेन्द्र माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्म ४३४ विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्राधानाध्यापक विनोद सिहले बताए । विद्यालयको ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुका साथै विद्यार्थीहरुले आफुमा रहेको कलाको प्रस्तुती गरि सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रमको आयोजना गरेको थियो । वार्षिक प्रतिवेदन विद्यालयका प्राधनाध्यापक विनोद सिहले प्रस्तुत गर्नु भएको थियो ।
वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. कृष्णदत्त जोशीले ‘आगामी दिनमा विद्यालयको चौतफी विकास गरी कञ्चनपुरको उत्कृष्ट विद्यालयहरुमा मध्ये एक बनाउने सोचका साथ काम गरेको र छिटै आईटी ल्याब स्थापना गर्न आफुहरु लागि रहेको र विभिन्न सम्बन्धित विभागहरुमा कुरा राखेको’ अध्यक्ष जोशीले बताए । त्यसैगरी ‘हाल विद्यालयमा कम्प्युटरको ल्याब नहुँदा विद्यार्थीहरुलाई प्राविधिक ज्ञान दिनको लागि ल्याब अतिआवश्यक रहेको र त्यसको व्यवस्थापनको लागि आफुहरु लागि रहेको’ विद्यालयका प्राधानाध्यापक सिहले बताए ।
आज सम्पन्न भएको ४७ औं वार्षिक साधारण सभाको सभापत्वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.कृष्णदत्त जोशी (बोक्सर), प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभासद बेल बहादुर राना रहेका थिए भने विशिष्ट अतिथीमा भीमदत्तनगर प्रमुख पदम बोगटी, उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो ।