आधारभुत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितामा लक्ष्मी मावि प्रथम

  • उपेश सिह धामी

कञ्चनपुर, १५ माघ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा भएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको छ । भीमदत्त नगरपालिका १९ वडा कार्यालयको आर्थिक सहयोग एव सिद्धनाथ आधारभूत विद्यालय बागफाँटाको आयोजनामा भएएको आधारभूत तह स्तरिय हाजिरी जवाफ प्रतियोगितमा लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको हो । बागफाँटाकै लक्ष्मी माध्यामिक विद्यालय प्रथम भएको आयोजकले जनाएको छ ।

द्वितियमा भीमदत्त नगरपालिका १३पिपरैयाको बैजनाथ विद्या निकेतन आधारभूत विद्यालय भएको छ । तृतियमा भीनपा ६ऐठपुर त्रिबेणी आधारभूत विद्यालय भएको छ ।

सान्त्वना तर्फ भीमदत्त नगरपालिका १४बनकट्टीको बैजनाथ आभारभूत विद्यालय भएको छ ।

प्रथम हुने टिमलाई नगद ५ हजार, द्वितियलाई नगद ४ हजार, तृतियलाई ३ हजार र सान्त्वना तर्फ एक हजार नगद सहित प्रमाण पत्र प्रदान गरिएको छ ।

 

कार्यक्रममा छिमेकी विद्यालय पञ्चकृत माध्यामिक विद्यालयका निमित्त प्रद्यानाध्यपक धर्मानन्द जोशीले सुभकामना मन्तव्य राख्दै विद्यार्थीको चौतर्फि विकासका लागि जनप्रतिनिधीको काम सरानिय भएको बताए । सामुदायिक विद्यालयको शैक्षिक, भौतिक, गुणस्तरि बृद्धिका लागि समन्वय आवश्यक रहेको बताए ।

हाजिरीजवाफ प्रतियोगिताको प्रशन पत्र निर्माण समेत गरेका भीमदत्त गरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रतिनिधी दिपेन्द्र विष्टले यस्ता कार्यक्रम सरोकारवारले निरन्तर गर्दै आए विद्यार्थीको बौद्धिक क्षमता विकास हुने बताए ।

भीमदत्त नगरपालिका १४ बनकट्टीका शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले सहजिकरण गरेका थिए ।

सिद्धनाथ आधारभूत विद्यालयकी शिक्षिका आसो यादवले स्वागत मन्तव्य राखेकी थिईन । आयोजक विद्यालय सिद्धनाथ आधारभूत विद्यालयका प्रद्यानाध्यापक मोहन देव जोशीले विद्यालयलाई वडा कार्यालयले विश्वास गरेर कार्यक्रम गरेकोमा धन्यावाद सहित आभार प्रकट गरेका छन ।

कार्यक्रमका प्रमुख अथिति समेत रहेका भीमदत्त नगरपालिका १९का वडाध्यक्ष जगुराम चौधरी(थारु)ले विद्यार्थीको बृद्धि विकासका लागि कार्यक्रम निरन्तर अघि बढाउँदै आगामी बर्ष बजेट थप गर्ने आवश्वासन दिदै थप परस्कृत गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

द्वितिय स्थान ल्याएका भीनपा १३पिपरैया बैजनाथ विद्या निकेतनका प्रद्यानाध्यापक भानदेव भट्टले वडाले गरेको कार्यक्रम प्रभावकारी भएको बताए । उनले आगामी कार्यक्रम नगर स्तरिय हुनुपर्नेमा सुझाव दिए ।

प्रथम स्थान हालिस गरेका भीनपा १९ बागफाँटा लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले विद्यार्थीको प्रतिभा विकासका लागि वडाले गरेको कार्यक्रम प्रभावकारी भएको बताउँदै आगामी दिन नगरका थप वडा र सहित पालिकाले थप स्तरिय कार्यक्रम बनाउनुपर्नेमा सुझाव दिए । वडा शिक्षा समितिको बैठक राखेर वडाभित्र रहेका विद्यालयको बृद्धि विकासमा जोडदिएका छन ।

सिद्धनाथ आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत प्रशाद अवस्थीको अध्यक्षतामा भएको कार्यक्रममा नगरका विद्यालय, शिक्षक, जनप्रतिनिधी, कर्मचारी, विद्यार्थी, अभिभावक सहित सरोकारवालाको सहभागिता रहेको थियो ।

 

 

 

 

 

 

ताजा खबर

भुमि समस्या समाधान आयोगमा कञ्चनपुरबाट सिजाली विज्ञ सदस्यमा नियुक्त

  दोधारा ३० माघ । सरकारले भुमि व्यवस्थापन समस्याको निवाकरण समिति...

दोधारा चाँदनीमा एकल महिलाहरुलाई आत्मनिर्भर बनाउन झोल साबुन र डल्ले साबुन बनाउने तालिम 

पप्पु गुरुङ्ग दाेधारा २९ माघ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा...

नेपाल उद्योग व्यापार महासंघद्धारा आयोजित मेला २०८१ सफलता पूर्वक सम्पन्न

धन सिंह धामी कञ्चनपुर २८ माघ । कञ्चनपुरको महेन्द्रनगर खुला...

कैलालीको धनगढीमा प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला शुरु

  कञ्चनपुर २८ माघ । सुदूरपश्चिम प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय...

नेपाल शिक्षक संगठन दोधारा चाँदनीको तेस्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पन्त

पप्पु गुरुङ्ग दोधारा २८ माघ । ‘गौरवशाली बिगत, चुनौतीपुर्ण बर्तमान,...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?