सुदूरपश्चिमेली नेपाली समाज तो खाई, जापानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज तोखाई जापानले यही 22 तारिक नागोया को साखाएमा रक्तदान कार्यक्रमको सफल आयोजनासँगै आफ्नो सामाजिक प्रतिबद्धतालाई पुनः प्रकट गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६८ जनाको सहभागिता रहेको थियो । समय अभावका कारण ४२ जनाले मात्रै रक्तदान गर्ने मौका पाए भने बाँकी २६ जनाले आर्काे दिन रक्तदान गर्ने आउने गरी कार्ड बनाइएको छ । यस रक्तदान कार्यक्रमले जापानमा रहेका नेपाली मात्र नभएर रक्तदान गरी विश्वभरिनै ठूलो योगदान गरेको छ। उत्त रक्तदान कार्यक्रममा NRNA Nagoya का संयोजक कृष्ण गौतम (भेष नाथ), उप संयोजक योमन देवान राई, कुशल पौडेल पनि उपस्थित भई रक्तदान का साथसाथै समितीले गरेको कार्यको प्रशंसा र हौसला प्रदान गरी सधैँ सुदूरपश्चिमेली नेपाली समाज तोखाई जापानलाई यस्ता कार्यमा NRNA जापानको साथ र सहयो रहने प्रतबद्धता जनाएका छन।

सुदूरपश्चिम नेपाली समाज तोखाई, जापानका अध्यक्ष दीपेन्द्र खड्काले समितीले अझै जापानमा रहेका नेपालीहरूको समस्या , विकिर्ती विसंगति हटाउनका साथै सकारात्मक सन्देशमूलक कार्यक्रमहरु आयाेजना गरि नेपालीहरूको पहिचानलाई जापानमा चिनाउन आगामी दिनहरूमा पनि विभिन्न सामाजीक कार्यक्रमहरु गर्दै जाने जनाएका छन।

कार्यक्रमको क्रममा सहभागीहरूले रक्तदान गर्नु मानव सेवाको उत्कृष्ट रूप भएको उल्लेख गर्दै यस्तो प्रकारका सामाजिक क्रियाकलापले आपसी सद्भाव र एकताको भावना बढाउने सहभागीहरूको भनाइ छ। साथै रक्तदान कार्यक्रमको सफलताका लागि योगदान पुर्‍याउने सबैलाई समाजले सम्मानस्वरूप सर्टिफिकेट प्रधान र धन्यवाद ज्ञापन गरेको छ।

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?