सुदूरपश्चिमेली नेपाली समाज तो खाई, जापानद्वारा रक्तदान कार्यक्रम सम्पन्न

सुदूरपश्चिमेली नेपाली समाज तोखाई जापानले यही 22 तारिक नागोया को साखाएमा रक्तदान कार्यक्रमको सफल आयोजनासँगै आफ्नो सामाजिक प्रतिबद्धतालाई पुनः प्रकट गरेको छ। उक्त रक्तदान कार्यक्रममा ६८ जनाको सहभागिता रहेको थियो । समय अभावका कारण ४२ जनाले मात्रै रक्तदान गर्ने मौका पाए भने बाँकी २६ जनाले आर्काे दिन रक्तदान गर्ने आउने गरी कार्ड बनाइएको छ । यस रक्तदान कार्यक्रमले जापानमा रहेका नेपाली मात्र नभएर रक्तदान गरी विश्वभरिनै ठूलो योगदान गरेको छ। उत्त रक्तदान कार्यक्रममा NRNA Nagoya का संयोजक कृष्ण गौतम (भेष नाथ), उप संयोजक योमन देवान राई, कुशल पौडेल पनि उपस्थित भई रक्तदान का साथसाथै समितीले गरेको कार्यको प्रशंसा र हौसला प्रदान गरी सधैँ सुदूरपश्चिमेली नेपाली समाज तोखाई जापानलाई यस्ता कार्यमा NRNA जापानको साथ र सहयो रहने प्रतबद्धता जनाएका छन।

सुदूरपश्चिम नेपाली समाज तोखाई, जापानका अध्यक्ष दीपेन्द्र खड्काले समितीले अझै जापानमा रहेका नेपालीहरूको समस्या , विकिर्ती विसंगति हटाउनका साथै सकारात्मक सन्देशमूलक कार्यक्रमहरु आयाेजना गरि नेपालीहरूको पहिचानलाई जापानमा चिनाउन आगामी दिनहरूमा पनि विभिन्न सामाजीक कार्यक्रमहरु गर्दै जाने जनाएका छन।

कार्यक्रमको क्रममा सहभागीहरूले रक्तदान गर्नु मानव सेवाको उत्कृष्ट रूप भएको उल्लेख गर्दै यस्तो प्रकारका सामाजिक क्रियाकलापले आपसी सद्भाव र एकताको भावना बढाउने सहभागीहरूको भनाइ छ। साथै रक्तदान कार्यक्रमको सफलताका लागि योगदान पुर्‍याउने सबैलाई समाजले सम्मानस्वरूप सर्टिफिकेट प्रधान र धन्यवाद ज्ञापन गरेको छ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?