उदयदेव बहुउदेद्देशीय सहकारीको २६ औँ बार्षिक साधारण सभा सम्पन्न

कञ्चनपुर-कञ्चनपुरको उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा समपन्न भएको छ । ‘उज्जल भविष्यको लागि आजैदेखि बचत गरौँ’ भन्ने मुल नाराकमा साथ शुक्रबार महेन्दनगरमा २६औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । यस अघि सेवा केन्द्र धनगढी, अत्तरिया, डडेल्धुरा, बैतडी, दोधाराचाँदनी, बेलौरी, झलारी, कृष्णपुर, दैजी, महेन्द्रनगर शाखाको सकेर शुक्रबार महेन्द्रनगरमा शुक्रबार केन्द्रीय कार्यालयको गरेको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी दुई बर्षमा २५ करोड शेयर पुँजी पु¥याउने लक्ष्य रहेको छ ।

२५ हजार ४० शेयर सदस्यले सेवा लिईरहेका छन । १८ करोड, ८५ लाख, ७४ हजार, ५सय शेयर पुँजी रहेको, १ अर्ब, ७८ करोड, ७लाख, ४ हजार, २३७रुपैया निक्षेप रहेको छ । हालसम्म १अर्ब, ५१ करोड, ९६लाख, ८९हजार ४९४रुपैया लगानी रहेको छ । सहकारीले विभिन्न शिर्षकमा २करोड, १२लाख, ७८ हजार, १९५रुपैया तिरेको छ । शेयर सदस्यहरुलाई १५।५८प्रतिशत लाभान्स बोनस वितरण गरेको छ । कृषि प्रर्बद्धन केन्द्र मार्फत किसानलाई आर्थिक गतिबिधीमा जोडिएको छ । विभिन्न समाजिक कार्य समेत गरेको जनाएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका प्रबन्ध निर्देशक गणेश बहादुर चन्दले आगामी दिनमा कृषि उत्पादन बस्तु सेवामा लगानी गर्दै सहकारीका सदस्यदेखि जनतालाई आर्थिक गतिबिधीमा जोडिने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरका मेयर पदम बोगटीले उदयदेव सहकारीले आर्थिक क्षेत्रमा थुप्रै कामकाज प्रगति गरेको भन्दै अन्य सहकारीपनि यस्तै हुनुपर्नेमा जोडदिए । केन्द्रीय कार्यालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर भई सुप प्रदेशका अन्य जिल्ला एव कञ्चनपुरकै विभिन्न पालिकाहरुमा सहकारीले सेवा प्रदान गर्र्दैै आएको छ । उदयदेव बहुउदेद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष नारा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारिका पदाधिकारी, सदस्य सरोकारवाला सहितको सहभागिता रहेको थियो

 

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?