जापान कराते डो कोशीकाई सितोरियो संघ नेपाल द्धारा खेलाडिहरुलाई सम्मान

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले विभिन्न स्थानमा भएका खेलमा पदक ल्याउने खेलाडिहरुलाई सम्मान गरेको छ ।

जापान कराते डो कोशीकाई सितोरियो संघ नेपालले गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगिता र केहि दिन अगाडि भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरि पदक प्राशश्प्त गर्ने खेलाडिहरुलाई सम्मान गरेको छ । शुक्रवार जिल्ला समन्वय समित कञ्चनपुरको सभाहलमा आयोजित एक कार्यक्रममा जिल्ल समन्वय समिती प्रमुख दुर्गा दत्त बोहरा लगायतका महानुभावहरुले प्रमाण पत्र सहित सम्मान गर्नु भएको हो ।


गत वर्ष भारतको चेन्नईमा भएको प्रथम दक्षिण एशियाली साग खेलकुद कराँते प्रतियोगितामा १३ स्वर्ण , ३ रजत र ३ काश्य पदक जिती प्रथम स्गान हासिल गर्न सफल खेलाडि तथा भारतकै झारखण्डको गिरिडिहमा भएको तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा २७ स्वर्ण र २ रजत पदक प्राप्त गरि ईतिहास रच्न सफल खेलाडिहरुलाई सम्मान गर्न कार्यक्म आयोजना गरिएको जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालका केन्द्रिय महासचिव कराँते नेपालको ग्राण्ड मास्टर हन्सी अभिषेक सिंहले वताउनु भयो ।


उक्त सम्मान कार्यक्रममा खेलाडिहरु सहित प्रशिक्षकहरुलाई समेत सम्मान गरिएको छ भने खेलकुद मार्फत नेपाललाई विश्वमा चिनाउन जापान कराते डो कोशिकाई सितोरियो संघको महत्वपुर्ण योगदान रहेको भन्दै्र सहभागिहरुले प्रसंसा सेमत गरेका थिए ।

 

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?