सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी बैतडीको मणिलेक बहुमुखी क्याम्पस लाई

कञ्चनपुर- कञ्चनपुरमा आयोजना भएको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी मणिलेक बहुमुखी क्याम्पसले जितेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटी क्लवले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी मणिलेक बहुमुखी क्याम्पस मेलौली वैतडिले जितेको हो । मङ्गलबार र बुधबार गरि दुई दिन सम्म सञ्चालन भएको उक्त प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सुुदूरपश्चिमका बैतडि, डडेलधुरा, कैलाली र कञ्चनपुर गरि ४ जिल्लाका २२ टिमको सहभागिता रहेका थिए। उक्त प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मणिलेक बहुमुखी क्याम्पसको तर्फ बाट नवराज भट्ट, बिकाश भट्ट र अनिल साउदले प्रगम स्थान हासिल गर्न सफल रहेका हुन । यसै गरि कैलालीको कैलाली बहुमुखी क्याम्पस द्धीतिय र कैलालीकै सुदूरपश्चिमाञ्चल क्याम्पसले तितृय स्गान हासिल गरेका छन ।
विसेस गरि विद्यार्थीहरुका लागी अन्य विधामा थुप्रै प्रतियोगिताहरु सञ्चादन हुने गरेको भए पनी बौद्धीक क्षमता प्रदर्शन हुने खालका कुनै पन िप्रतियोगिता सञ्चालन हुन नसकेको हुदा केहि नया गरौं भन्ने उद्देश्यले प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले वताउनु भयो ।

प्रतियोगिताको समापन संगै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल क्याम्पसहरुले क्रमस ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाण पत्र पाप्त गरेका छन । सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन स्थापनाकालदेखि नै निरन्तर रुपमा विभिन्न प्रतियोगिता एवम् कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

ताजा खबर

जेनजी आन्दोलन, मेरो दाईजोका समान पनि लुटेर लगे ः कुसुम, राजकीय पदमै नभएका पुर्व मेयर सुरेन्द्र विष्टको घरमा हमला

  कञ्चनपुर, भदौँ २९ हिन्सात्मक बनेको जेनजी आन्दोलन कञ्चनपुरमा निर्वतमान गृहमन्त्री...

दुर्गाथली गाँउपालिकाले जेनजी आन्दोलनमा मासिएका बझाङ्कबासीलाई जनही एकलाख राहत दिने 

कञ्चनपुर, भदौँ २९  जेनजी आन्दोलनमा क्रममा मारिएका सुदूरपश्चिम प्रदेश बझाङ्कमा...

सडक विभागकै निर्देशन विपरित, प्रशासनको अनुमती बिनै दाङ पुगेको महाकाली पुल आयोजनाको गाडीमा तोडफोड आगजनी 

  कञ्चनपुर, २९ भदौँ  २४ भदौँ(मंगलबार) देशभर जेनजी आन्दोलन रणभूमिमा परिणत...

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?