सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी बैतडीको मणिलेक बहुमुखी क्याम्पस लाई

कञ्चनपुर- कञ्चनपुरमा आयोजना भएको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी मणिलेक बहुमुखी क्याम्पसले जितेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटी क्लवले आयोजना गरेको सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको उपाधी मणिलेक बहुमुखी क्याम्पस मेलौली वैतडिले जितेको हो । मङ्गलबार र बुधबार गरि दुई दिन सम्म सञ्चालन भएको उक्त प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सुुदूरपश्चिमका बैतडि, डडेलधुरा, कैलाली र कञ्चनपुर गरि ४ जिल्लाका २२ टिमको सहभागिता रहेका थिए। उक्त प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा मणिलेक बहुमुखी क्याम्पसको तर्फ बाट नवराज भट्ट, बिकाश भट्ट र अनिल साउदले प्रगम स्थान हासिल गर्न सफल रहेका हुन । यसै गरि कैलालीको कैलाली बहुमुखी क्याम्पस द्धीतिय र कैलालीकै सुदूरपश्चिमाञ्चल क्याम्पसले तितृय स्गान हासिल गरेका छन ।
विसेस गरि विद्यार्थीहरुका लागी अन्य विधामा थुप्रै प्रतियोगिताहरु सञ्चादन हुने गरेको भए पनी बौद्धीक क्षमता प्रदर्शन हुने खालका कुनै पन िप्रतियोगिता सञ्चालन हुन नसकेको हुदा केहि नया गरौं भन्ने उद्देश्यले प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरिएको सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीका अध्यक्ष पुस्कर राज पन्तले वताउनु भयो ।

प्रतियोगिताको समापन संगै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल क्याम्पसहरुले क्रमस ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल प्रमाण पत्र पाप्त गरेका छन । सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउन स्थापनाकालदेखि नै निरन्तर रुपमा विभिन्न प्रतियोगिता एवम् कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?