महाकाली र जोगबुडा नदीले मच्चायो वितन्डा

कञ्चनपुरमा लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १ सय ४५ घरधुरी बिस्तापित भएका छन् । दोधारा चाँदनी नगरपालिका–६, ७, ८, ९ र १० का बस्तीका १५० बढी घरधुरीमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेर बिस्तापित भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आईैतवार साँझबाट परेको वर्षका कारण महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव बढे संगै घरमा पानी पसेर स्थानियहरु विस्तापित भएका हुन । बिस्तापित भएकाहरु लाई उद्धार गरेर नजिकको बिद्यालय तथा आफन्तहरुकहा राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खोज उद्धार टोलीले उनिहरुलाई उद्धार गरेको हो । दोधारा चाँदनी नगरपालिका – १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले शान्ती टोल, सुर्खेती टोल, बैतिफाँटा, निशानी टोल, गुरुङ्ग टोलमा बाढी पसेर स्थानियहरु घर छाड्न बाध्य भएको बताउनुभएको छ् । उनका अनुसार वडा नं। १० मा झण्डै ३ सय जना बाढीको कारण बिस्तापित भई अम्बिका माध्यमिक बिद्यालयमा आश्रय लिएको बताउनुभएको छ् ।
अहिले सम्म के, कती क्षती भयो भन्ने बिबरण नआईसकेको दोधारा चाँदनी नगरपालिका– १) का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदीको पानी बस्तीमा पसेपछि कुतियाकवरबासी ‘सेफ सेल्टर’ मा बस्दै आएका छन् । आएको बाढीले दोधारा चाँदनी नगरपालिकामा ठुलो धनमालको क्षती भएको आंकलन गरिएको छ् । कयौंले रातीको समयमा घर छाडेर आफ्न्तको शरणमा बस्दै आएका छन् । लगातारको वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले बिस्तापित भएकाहरु अझै सम्म घर फकिर्ने अवस्था नरहेको स्थानियहरुले बताएका छन् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बस्तीमा डुवान परेपछि स्थानियहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको बताउनुभएको छ् । उहाँले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अझै सम्मको सबै भन्दा भिषण बाढी भएको बताउनुभएको छ् । कुतियाकवर बस्तीमा बाढी आएको आफुहरुले सधै देखेपनि यस पटक दोधारा चाँदनी नगरपालिकाको उच्च स्थानमा बाढी पसेको पहिलो पटक आफुले देखेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ ।

ताजा खबर

पैशा नहुँदा मृत्युको मुखमा पुगेका अपाङ्ग करन साउदलाई युथभ्वाईसद्वारा उपचार खर्च

  धनसिह धामी  कञ्चनपुर, १२ कार्तिक  उपचार गर्न पैशा(आर्थिक अभाव) झेलिरहेका सुदूरपश्चिमका...

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?