महाकाली र जोगबुडा नदीले मच्चायो वितन्डा

कञ्चनपुरमा लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १ सय ४५ घरधुरी बिस्तापित भएका छन् । दोधारा चाँदनी नगरपालिका–६, ७, ८, ९ र १० का बस्तीका १५० बढी घरधुरीमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेर बिस्तापित भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । आईैतवार साँझबाट परेको वर्षका कारण महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव बढे संगै घरमा पानी पसेर स्थानियहरु विस्तापित भएका हुन । बिस्तापित भएकाहरु लाई उद्धार गरेर नजिकको बिद्यालय तथा आफन्तहरुकहा राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खोज उद्धार टोलीले उनिहरुलाई उद्धार गरेको हो । दोधारा चाँदनी नगरपालिका – १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले शान्ती टोल, सुर्खेती टोल, बैतिफाँटा, निशानी टोल, गुरुङ्ग टोलमा बाढी पसेर स्थानियहरु घर छाड्न बाध्य भएको बताउनुभएको छ् । उनका अनुसार वडा नं। १० मा झण्डै ३ सय जना बाढीको कारण बिस्तापित भई अम्बिका माध्यमिक बिद्यालयमा आश्रय लिएको बताउनुभएको छ् ।
अहिले सम्म के, कती क्षती भयो भन्ने बिबरण नआईसकेको दोधारा चाँदनी नगरपालिका– १) का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदीको पानी बस्तीमा पसेपछि कुतियाकवरबासी ‘सेफ सेल्टर’ मा बस्दै आएका छन् । आएको बाढीले दोधारा चाँदनी नगरपालिकामा ठुलो धनमालको क्षती भएको आंकलन गरिएको छ् । कयौंले रातीको समयमा घर छाडेर आफ्न्तको शरणमा बस्दै आएका छन् । लगातारको वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले बिस्तापित भएकाहरु अझै सम्म घर फकिर्ने अवस्था नरहेको स्थानियहरुले बताएका छन् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बस्तीमा डुवान परेपछि स्थानियहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको बताउनुभएको छ् । उहाँले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अझै सम्मको सबै भन्दा भिषण बाढी भएको बताउनुभएको छ् । कुतियाकवर बस्तीमा बाढी आएको आफुहरुले सधै देखेपनि यस पटक दोधारा चाँदनी नगरपालिकाको उच्च स्थानमा बाढी पसेको पहिलो पटक आफुले देखेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?