जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस कञ्चनपुरमा पनी मनाईयो

कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ । प्रेस सेन्टर नेपालले आइतबार जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगरमा २२औँ कृष्णसेन इच्छुक स्मृति दिवस मनाएको हो ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका पत्रकारहरुले कृष्णसेन इच्छुकको फोटोमा अबिर लगाएर दिवस मनाएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य युवा नेता देवेन्द्र ढुङगानाले पत्रकार ईच्छुकले जनताका लागि गरेको त्याग, संघर्षको कदर गर्दै सोही अनुरुप जनताका आवाज बुलन्द गर्नुपर्नेमा जोडदिएका छन ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले समाजका लागि जनपत्रकार कृष्णसेन ईच्छुकले गरेको कामको अनुषण गर्दै नागरिकका आवाज बुलन्द गर्नुपर्नेमा जोडदिएका छन ।

जनपत्रकार कृष्णसेन ईच्छुक जनादेशका पत्रकार हुन । उनको १३जेठ ०५९सालमा तत्तकालिन सरकारी पक्षबाट हत्या भएका थियो ।

ताजा खबर

सब–इन्जिनियरको दरबन्दी कटौतीको निर्णयप्रति कडा विरोध, तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं, १७ साउन  जलस्रोत तथा सिंचाइ विभागले सब–इन्जिनियर पदको दरबन्दी...

उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश फैलाउन खुला भिडियो प्रतियोगिता सम्पन्न

कञ्चनपुर, १५ साउन  उच्च शिक्षामा लैङ्गिक समानताको सन्देश प्रवाह गर्ने उद्देश्यले...

भारतबाट अवैध रूपमा विद्युतीय स्कुटर भित्र्याउने कार्यमा कडाइ

कञ्चनपुर, १५ साउन कञ्चनपुर। भारतबाट भन्सार छली गरी अवैध रूपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?