आधारभुत खोज तथा उद्धार सम्वन्धि तालमि सम्पन्न

भीमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका र वेलडाडी गाँउपालिकामा रहेका विपद व्यवस्थापन समितीका सदस्यहरुको लागी आधारभुत खोज तथा उद्धार सम्वन्धि तालमि सम्पन्न गरिएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका, दोधारा चादनी नगरपालिका र वेलडाडी गाँउपालिकामा रहेका विपद व्यवस्थापन समितीका सदस्यहरुको लागी अक्सफाम नेपाल र निड्स नेपालको साझेदारीमा सञ्चालित विपद पुर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सवलीकरण (स्कोप आर र्थी)  परियोजनाले दुई दिने आधारभुत खोज तथा उद्धार सम्वन्धि तालीम सञ्चालन गरेको हो । शुक्रवार देखी सञ्चालन भएको उक्त तालिम पछी समुदायमा बाढी, डुवान कटान तथा आगलागी लगायतका विभिन्न विपद आईपर्दा मानविय क्षती विना कसरी खोज उद्धार गर्न सकिन्छ भनेर सकिाईएको र उक्त सिपलाई समदाय स्तरमा प्रयोग गर्न सकिने भीमदत्त नगरपािलका वडा नम्वर १३ की सहभागि लक्ष्मी सिहले वताउनु भयो ।यसै गरि वेलडाडि गााएपालिका बाट सहभागि कल्पना ऐरले नदी नजिकै घर हुदा सधै डर लागीरहनने भए पनी तालिम पश्चात कसरी सुरक्षित रहने र जेष्ठ नागरिक विरामी तथा गर्भवती महिलालाइृ कसरी सुरक्ष्ति उद्धार गर्ने भन्नेवारे सिकेको हुदा सहज हुने वताउनु भएको छ ।
विपदमा परेका व्यक्तीहरुलाई कसरी खोज, उद्धार तथा प्राथमिक उपचार गरेर कम क्षती गर्न सकिनछ भन्ने उदेश्यले तालिम सञ्चालन गरिएको विपद पुर्वतयारी, द्रुत प्रतिकार्य तथा पुनर्लाभका लागि समुदायको सवलीकरण (स्कोप आर र्थी)  परियोजनाका संयोजक ईश्वर उपाध्यायले वताउनु भयो । साथै उहाले यस परियोजनाले विपद जोखिम कमगर्न काम गर्ने हुदा यस तालिमले नदी किनारका विपद जोखिम भएका वस्तिहरुका समुदायहरुलाई क्षमतावान वनाए मात्रै विपद जोखिम न्युनिकरण हुन सक्ने हुदा यो तालिम अत्यन्त्यै महत्वपुर्ण भएको समेत वताउनु भयो ।
कुनै पनी घटना भईसके पछी पेशेवर उद्धारकर्मीहरु आउनु भन्दा पहिले विपदमा परेका व्यक्तीहरुलाई खोज तथा उद्धार र प्राथमिक उपचार गर्न पहिलो उद्धारकर्मिको रुपमा समुदायकै व्यक्तीहरुले काम गर्नु पर्ने भएका र कारण यो तालिम आवश्यक भएको नेपाल रेडक्रस सोसाईटी सुदुरपश्चिम प्रदेश विपद व्यवस्थापन शाखाका प्रशिक्षक लक्ष्मण दत्त भट्टले वताउनु भयो ।
उक्त दुई दिने तालिममा भीमदत्तनगरपालिका वडा नम्वर ९, १०, ११, १२, र १३, बेल्डाडी गाउपालिका वडा नम्वर १, ३, ४ र ५ तथा दोधारा चाँदनी नगरपालिकाका वडा नम्वर ३, ६, ७, ८, ९ र १० २८ जनाको सहभागिता रहेको थियो । तालिम पश्चात सहभागिहरुले समुदायमा विपद आउदा पहिलो उद्धारकर्मीको रुपमा काम गर्ने लक्ष्य राखिएको छ ।

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?