श्रीमानले अन्याय गरेको भन्दै न्यायको खोजिमा :श्रीमानले आफुलाई मात्र नभएर राज्यलाई नै ठगेको आरोप

महेन्द्रनगर । विगत १२ वर्षदेखी न्यायको खोजीमा लागेको भए पनी न्याय नपाएको कञ्चनपुरको एक महिला ले वताउनु भएको छ । मंगलवार कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दैे उनले श्रीमानले आफुलाई अन्यायगरेको वताउनु भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्वर १८ का शेरबहादुर चन्द संग २०६८ मंसिरमा मागी भएको वताउदै भीमदत्त नगरपालिका १० की धनमती चन्दले विवाहको एक वर्ष नहुदै आफुलाई दाईजो नदिएको भन्दै श्रीमानले यातना दिने गरेको वताउनु भयो । उहाले श्रीमान अरुकेटी संग लागेको हुदा आफुले यस्तो नगर्न अनुरोध गर्दा उल्टै मानसिक तनाव दिने, दाईजोमा केही पनि ल्याउन नसकेको भन्दै अनेक बाहनामा पिडा दिने, यातना दिने कुट पिट गर्ने गरेको वताउनु भयो । आफुबाट अहिले ११ वर्षको छोरा रहेको र श्रीमानले अर्को विहे गरेको थाहा पाए पछी आफुले वहुविवाहको मुद्दा हाले पनी ढिलो मुद्दा गरेको भनदै अदालतले उनहिरुलाइृ साधारण तारेकमा छोडेको समेत वताउनु भयो । आफुले श्रमिान र छोराको लागी भन्दै आज सम्म हिंसा सहहेर वेसे पनी अहिले श्रमिानले उल्टै आफुलाई मानसिक रोगीको आरोप लगाउदै सम्वन्ध विच्छेदको मुद्दा हालेको हुदा आफु अन्यायमा परेको वताउनु भएको छ ।

श्रीमान संग पटक पटक छोराको जन्मदर्ता गर्न आग्रह गर्दा पनी नागरिकता हराएको वाहाना गरि जन्मदर्ता नगरेको भन्दै हाल श्रीमानले दुई नागरिकता लिएर राज्यलाई समेत गुमराहमा राखे वताउनु भउको छ । यस विषयमा उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएको वताउनु भएको छ । उनका श्रीमान शेर वहादुर चन्दले शुरुको नागरिकता २०५७ सालमा २०३९।०२।१० जन्म मिति राखी कञ्चनपुरको साविक रौतेली विचुवा गाविस ठेगाना देखाई ७८८५१७४५ नम्वरको नागरिकता र दोस्रो पटक २०४२।०२।२२ जन्म मिति राखी साविक महेन्द्रनगर नगरपालिका वडा नम्वर १८ ठेगाना देखाई २०६१ सालमा ५७८००६५४ नम्वरको नागरिकता लिएको उहाले वताउनु भएको छ । उक्त घटनामा शुरको नागरिकताको प्रतिलिपि दिने कर्मचारी र दोस्रो नागरिकता जारी गर्ने व्यक्ती जिल्ला प्रशासन कार्यालय कञचनपुरका प्रशासकीय अधिकृत भानदेव बडु रहेको समेत उहाले वताउनु भएको छ । साथै उहाले आफुलाई न्याय मिल्छ भनेर १२ वर्ष देखी सहेर बसेको भए पनी अव सहन नसक्ने अवस्था आएकोले आफुले न्याय पाउनु पर्ने उहाले वताउनु भएको छ ।

यता धनमती चन्दका श्रीमान शेरबहादुर चन्दले विवाह भएको तेस्रो दिनदेखी श्रीमतीले विवाद गर्ने झगडा गर्ने गरेको हुदा यो अवस्था आएको वताउनु भएको छ । आफु धनमतीसंग अलग बसेको ८ वर्ष भएको र आफुले पनि अदालतमा मुद्धा हालेको अब सबै प्रक्रिया अदालतमा गएको भएर धेरै बोल्न नमील्ने वताउनु भएको छ ।

दोहोरो नागरिकता विषयमा उजुरी आएकाले छानविन अघि बढी सकेको हुदा यस वियामा थप वोल्न नमिल्ने कञ्चनपुरका साहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले वताउनु भएको छ । मंगलवार केहि सञ्चारकर्मीहरु संगै जिल्ला प्रशासन पुगेकी धनमति चन्दलाई साहायक प्रमुख जिल्ला अधिकारी जोशीले कार्यालयमा भिडभाड लिएर आए भनेर तपाईको मनोवल बढेको होला तर यसमा भिडने निर्णय नगर्ने हुदा धैर्य गरेर बस्न र हामलिाई अनुसन्धान गर्न दिनु पर्छ भन्नु भयो ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?