लागुऔषध सहित ३ जना पक्राउ

कञ्चनपुर प्रहरी लागुऔषध विरुद्धको अभियानलाई तिव्रता दिएको छ । भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषधको कारोवार दिनानुदिन बढ्दै गए पछी अहिले प्रहरीले आफ्नो अभियानलाई पनि बढाउदै लगेको छ ।
खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्नेहरु विरुद्ध कडारुपमा लागेको कञ्चनपुर प्रहरीले खैरो हिरोइन र ब्राउनसुगर लगायतका लागुऔषधको कारोवार गर्ने हरुलाई मुख्य निसाना बनाउदै आएको छ । शुक्रवार मात्रै लागुऔषध अनुसन्धान व्युरो कञ्चनपुर शाखाका सादा पोशाकमा खटिएका प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ७ हल्दुखाल बाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा भी.न.पा ७ बस्ने वर्ष ३० को नरेश चन्दको साथ बाट ७.७३ ग्राम ब्राउन सुगर र ८.७७ ग्राम चरेश सहित सोहि ठाउ बस्ने वर्ष २६ को विकास चन्द र भीमदत्त नगरपालिका वडा नम्वर ३ तिलकपुर वस्ने वर्ष २५ को देव सिह ठगुन्ना लाई पक्राउ गरि आवश्यक अनुसन्धान का लागी जिल्ला प्रहरी कार्यालय बुझाईएको छ ।
यसै गरि लागुऔषध अनुसन्धान व्युरो कञ्चनपुर शाखा र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले कञ्चनपुरको सिमानाका गड्डाचौकी बाटदुई सिसि कोरेक्स सहित भीमदत्त नगरपालिका वडा नम्वर ६ का किरन धामी सहित दुई जनालाई समेत पक्राउ गरेको छ ।
लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा विभिन्न घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा अप्रेसन चलाएर त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?