महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर १४ जेठ 
कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी लगायत विभिन्न संघ संस्थाहरुको सहकार्यमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको छ
वर्षा याम शुरु हुनासाथ बाढीको उच्च जोखिममा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत महाकाली नदीमा नेपाली सेनाको वराहदल गुल्म भगतपुर व्यारेकको आयोजनामा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, श्री नम्वर ३५ हेडक्वाटर कञ्चनपुर, निड्स नेपाल, एनएनएसडव्ल्यूए, नेपाल रेडक्रस लगायतका विभिन्न संघ संस्थाहरुको सहकार्यमा सयुतm रुपमा विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास मनसुन ६ प्रदर्शन गरेको हो । वर्षेनी आउने बाढीका कारण नदी तटीय क्षेत्रमा ठुलो धनमालको क्षती बेहर्नु पर्ने हुदा यसबाट जोगीन कसरी पहल गर्ने भन्ने विषयमा सर्व साधारण लाई जनचेतना जगाउन विपदपूर्व तयारी कृत्रिम नमुना अभ्यास प्रदर्शन गरिएको हो ।
कार्यक्रममा बोल्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोईरालाले जिल्लामा भविष्यमा घट्न सक्ने प्राकृतिक तथा मानव सृजित घटनाहरूलाई सम्बोधन गर्न यस कार्यक्रमले सहयोग पुग्ने वताउदै विपदका घटना जुनसुकै बेला घट्न सक्ने भएकोले सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज सबैले सहकार्य र समन्वय गर्दै अगाडि बढ्नुपर्ने वताउनु भयो । साथै उहाले यस नमुना अभ्यासको मुख्य उद्देश्यनै स्थानीय प्रशासन, सुरक्षा निकाय, अन्य सरकारवाला निकाय विचको समन्वय, सहकार्य र तत्परतालाई थप सुदृढ बनाउनु र यस अभ्यासले विपद्को समयमा कसरी छिटो र प्रभावकारी ढङ्गले प्रतिकार्य गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान र अनुभव आदान प्रदान गर्नु रहेको समेत वताउनु भयो ।
जिल्ला समन्वय समिती कञ्चनपुरका प्रमुख दुगा दत्त बोहराको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बाढीको तथा प्राकृतिक प्रकोपको वेला जोखिममा परेका व्यक्तहिरुलाई कसरी उद्दार गर्ने, धाजनको क्षतीकम गर्न कसरी सावधानी अपनाउने, घाईतेलाई प्राथमिक उपचार दिई कसरी अस्पताल सम्म पुर्याउने भन्नेवारे नमुना प्रदर्शन गरिएको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?