लागुऔषध सहित ३ जना पक्राउ

कञ्चनपुर प्रहरी लागुऔषध विरुद्धको अभियानलाई तिव्रता दिएको छ । भारतसित सिमाना जोडिएको कञ्चनपुरमा लागुऔषधको कारोवार दिनानुदिन बढ्दै गए पछी अहिले प्रहरीले आफ्नो अभियानलाई पनि बढाउदै लगेको छ ।
खुला सिमानाका कारण लागुऔषधको कारोवार गर्नेहरु विरुद्ध कडारुपमा लागेको कञ्चनपुर प्रहरीले खैरो हिरोइन र ब्राउनसुगर लगायतका लागुऔषधको कारोवार गर्ने हरुलाई मुख्य निसाना बनाउदै आएको छ । शुक्रवार मात्रै लागुऔषध अनुसन्धान व्युरो कञ्चनपुर शाखाका सादा पोशाकमा खटिएका प्रहरीले भीमदत्त नगरपालिका वडा नम्वर ७ हल्दुखाल बाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा भी.न.पा ७ बस्ने वर्ष ३० को नरेश चन्दको साथ बाट ७.७३ ग्राम ब्राउन सुगर र ८.७७ ग्राम चरेश सहित सोहि ठाउ बस्ने वर्ष २६ को विकास चन्द र भीमदत्त नगरपालिका वडा नम्वर ३ तिलकपुर वस्ने वर्ष २५ को देव सिह ठगुन्ना लाई पक्राउ गरि आवश्यक अनुसन्धान का लागी जिल्ला प्रहरी कार्यालय बुझाईएको छ ।
यसै गरि लागुऔषध अनुसन्धान व्युरो कञ्चनपुर शाखा र जिल्ला प्रहरी कार्यालयको सयुक्त टोलीले कञ्चनपुरको सिमानाका गड्डाचौकी बाटदुई सिसि कोरेक्स सहित भीमदत्त नगरपालिका वडा नम्वर ६ का किरन धामी सहित दुई जनालाई समेत पक्राउ गरेको छ ।
लागुऔषध दुव्र्यसनमा परेका युवाकै कारण समाजमा विभिन्न घटना बढिरहेको आँकलन गरेको प्रहरीले अहिले सीमा क्षेत्रमा सक्रियरुपमा अप्रेसन चलाएर त्यसमा संलग्न कारोवारीलाई नियन्त्रणमा लिने र विभिन्न स्थानमा लागुऔषध न्यूनीकरणका लागि सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ ।

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?