क्टरको लाइसेन्स परीक्षामा ५३ प्रतिशत फेल

१५ माघ, काठमाडौं । चिकित्सकहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ५३ प्रतिशत फेल भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत १२ देखि १५ सम्म (आइतबार) सम्म लिएको परीक्षामा एमबीबीएस र वीडीएसतर्फ गरी १ हजार २२० जना फेल भएका हुन् ।

काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीका अनुसार एमबीबीएस र बीडीएसमा गरी २ हजार ३ सय ३११ ले लाइसेन्स परीक्षा दिएका थिए । जसमध्ये १ हजार ९१ जना, (४७) प्रतिशत चिकित्सक पास भएका छन् ।

काउन्सिलको तथ्यांक अनुसार एमबीबीएस तर्फ ४७.११ र बीडीएस तर्फ ४७.६० प्रतिशत चिकित्सक पास भएका छन् । यसपटक एमबीबीएसमा कुल १ हजार ८३९ जनाले परीक्षाका लागि फारम भरेका थिए । त्यसमध्ये परीक्षामा ७ जना अनुपस्थित भएका थिए । डा. अधिकारीले एमबीबीएसतर्फ कुल १ हजार ८३२ जनाले एबीबीएसतर्फको लाइसेन्स परीक्षा दिएकोमा ८६३ जना मात्रै पास भएको बताए ।

यस्तै, बीडीएसतर्फ कुल ४८२ जनाले फारम भरेकोमा ३ जना अनुपस्थित भएका थिए । त्यसपछि परीक्षा दिएका ४७९ जना भए पनि २२८ जना मात्रै पास भएका छन् । परीक्षा नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा भएको थियो ।

त्यसैगरी, धेरै डाक्टर पटक–पटक फेल हुन थालेपछि काउन्सिलले एमबीबीएस उत्तीर्ण विद्यार्थीले चिकित्सा पेसा अपनाउन नचाहे लाइसेन्स परीक्षा दिन नपर्ने व्यवस्था ल्याउन लागेको छ ।

एमबीबीएस तथा र बीडीएस उत्तीर्ण भएका तर भविष्यमा चिकित्सा पेसा गर्न नचाहनेलाई लाइसेन्स नचाहिने व्यवस्था गर्न लागेको छ । मेडिकल काउन्सिलकको तथ्यांक अनुसार १० औँ, २०औँ पटकसम्म ‘लाइसेन्स’ परीक्षा दिएर पनि अनुत्तीर्ण भएका विद्यार्थी १ हजार १ सय भन्दा माथि छन् ।

लाइसेन्स परीक्षामा उत्तीर्ण हुन नसक्नेलाई बिरामी जाँच, परीक्षणजस्ता उपचार गर्नु नपर्ने, स्वास्थ्यसँग सम्बन्धित विषयमा स्नातकोत्तर अध्ययन गर्न दिने प्रक्रिया अगाडि बढाएको रजिस्ट्रार अधिकारीले बताए ।

‘यस्तो व्यवस्था नेपाल, भारत, पाकिस्तानबाहेक थुप्रै मुलुकमा छ । हामी पनि आउने वर्षदेखि लाइसेन्स परीक्षालाई अनिवार्य नगर्ने पक्षमा छौं’, उनले भने, ‘एमबीबीएस उत्तीर्णले चिकित्सकीय काम नगर्ने हो भने, उनीहरूको शैक्षिक प्रमाणपत्रलाई स्नातकसरह मान्यता दिएर स्नातकोत्तर अध्ययनका लागि व्यवस्था गर्न लागिएको हो ।’

हाल एमबीबीएस पास गरेका विद्यार्थीले लाइसेन्स परीक्षा पास नगरी अन्य कुनै संकायमा थप अध्ययन गर्न पाउँदैनन् । त्यसैगरी, लाइसेन्स पास नगरेका चिकित्सकले बिरामी जाँच्न पाउँदैनन् ।

ताजा खबर

‘मानसखण्ड लोकसंस्कृति सम्मेलन तथा लिटिल बुद्ध अन्तर्राष्ट्रिय काव्यगोष्ठी

सञ्जय महर, मंसिर २० कञ्चनपुरको महेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको...

मोतिलाल डगौराकोे काँधमा आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने जिम्मेबारी

कञ्चनपुर, मंसिर २० आरक्षपीडित संघर्ष समिति कञ्चनपुर हाक्ने मोतिलाल डगौराको...

हार्डवेयर व्यवसायी संघ कञ्चनपुरको १२औँ अधिवेशन ः अध्यक्षमा मिश्र र महासविचमा भट्ट

धन सिंह धामी कञ्चनपुर, २०मंसिर हार्डवेयर तथा निर्माण समाग्री व्यवसायी संघ...

सिद्धनाथ मन्दिर विकास समितिको १९औँ बार्षिक साधारण सभा ः धार्मिक पर्यटनमा जोड

धन सिह धामी कञ्चनपुर, मंसिर २० कञ्चनपुरको सिद्धनाथ मन्दिर विकास...

कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९ कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?