नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको दशैं टिका कार्यक्रममा सयौँ नेपालीहरू भेला भई विजयादशमी पर्व हर्षोल्लासका साथ मनाएका छन्। यस कार्यक्रमले विदेशी भूमिमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एउटा महत्वपूर्ण अवसर प्रदान गरेको छ।
सुदूरपश्चिम नेपाली समाज तोखाई जापानका अध्यक्ष दिपेन्द्र खड्काको नेतृत्वमा आयोजित यस कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने गरी देउडा, भाका र नाचगान प्रस्तुत गरिएको थियो। साथै, स्वादिष्ट बार्बिक्यूले सबैलाई लोभ्याएको थियो। विशेष गरी, टिकटक स्टार कप्पु सरकार र सुदूरपश्चिमका र्‍याप गायक भेनमको उपस्थितिले कार्यक्रममा थप रौनक थपेको समितिका सदस्य तथा जापानमा रहेका हाम्रा समाचारदाता मनोज महराले बताए।
कार्यक्रममा सहभागी भएका अधिकांश नेपालीहरूले यस्तो प्रकारको सामुहिक कार्यक्रमले उनीहरूलाई घरको याद दिलाएको बताएका छन्। उनीहरूले भने, “अन्य वर्षहरूमा हामी आफ्नै कोठामा सानो समूहमा दशैं मनाउँथ्यौँ, तर यसपटक जस्तो सबै मिलेर रमाइलो गरियो, त्यो अनुभव अविस्मरणीय छ। लाग्छ, नेपालमै दशैं मनाइरहेका छौँ।”

विदेशमा बसोबास गर्ने नेपालीहरूले यसरी सामुहिक रूपमा चाडपर्व मनाउँदा उनीहरूबीचको एकता बढ्छ र नेपाली संस्कृतिलाई पनि विश्वसामु चिनाउन मद्दत पुग्छ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?