नागोयामा गुञ्जियो गौरवपूर्ण दशैंको धुन, सयौँ नेपाली एकजुट

जापानको नागोयामा सुदूरपश्चिम नेपाली समाज तोखाई जापानले आयोजना गरेको दशैं टिका कार्यक्रममा सयौँ नेपालीहरू भेला भई विजयादशमी पर्व हर्षोल्लासका साथ मनाएका छन्। यस कार्यक्रमले विदेशी भूमिमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोड्ने एउटा महत्वपूर्ण अवसर प्रदान गरेको छ।
सुदूरपश्चिम नेपाली समाज तोखाई जापानका अध्यक्ष दिपेन्द्र खड्काको नेतृत्वमा आयोजित यस कार्यक्रममा सुदूरपश्चिमको मौलिक संस्कृति झल्कने गरी देउडा, भाका र नाचगान प्रस्तुत गरिएको थियो। साथै, स्वादिष्ट बार्बिक्यूले सबैलाई लोभ्याएको थियो। विशेष गरी, टिकटक स्टार कप्पु सरकार र सुदूरपश्चिमका र्‍याप गायक भेनमको उपस्थितिले कार्यक्रममा थप रौनक थपेको समितिका सदस्य तथा जापानमा रहेका हाम्रा समाचारदाता मनोज महराले बताए।
कार्यक्रममा सहभागी भएका अधिकांश नेपालीहरूले यस्तो प्रकारको सामुहिक कार्यक्रमले उनीहरूलाई घरको याद दिलाएको बताएका छन्। उनीहरूले भने, “अन्य वर्षहरूमा हामी आफ्नै कोठामा सानो समूहमा दशैं मनाउँथ्यौँ, तर यसपटक जस्तो सबै मिलेर रमाइलो गरियो, त्यो अनुभव अविस्मरणीय छ। लाग्छ, नेपालमै दशैं मनाइरहेका छौँ।”

विदेशमा बसोबास गर्ने नेपालीहरूले यसरी सामुहिक रूपमा चाडपर्व मनाउँदा उनीहरूबीचको एकता बढ्छ र नेपाली संस्कृतिलाई पनि विश्वसामु चिनाउन मद्दत पुग्छ।

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

पुर्व विद्यार्थी नेता भट्टद्वारा जन्मदिनको अवसरमा क्यान्सर पीडित युवादेखि बेसाहरा बालबालिकालाई सहयोग

कञ्चनपुर, असार १३ कञ्चनपुरका एक पुर्व विद्यार्थी नेताले आफ्नो जन्मदिनका...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?