नयाँ बानेश्वरमा ‘संस्कृति बचाउ पहिचान बनाउ’ नारासहित देउसी भैलो कार्यक्रम सम्पन्न

नयाँ बानेश्वरमा हिमालयन हाइभ बोइज होस्टेल र लिपुलेक डट कमको आयोजनामा भव्य देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। ‘संस्कृति बचाउ पहिचान बनाउ’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा नजिकै बस्ने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
हिजोसम्म सङ्खमुल क्षेत्रमा रमाइलो गरिएको यस देउसी भैलो कार्यक्रम आज चागुनारायणमा भएको भव्य बनभोजसँगै समापन गरिएको छ। तिहारको व्यस्तताका कारण घर जान नपाएका नेपाली विद्यार्थीहरूको लागि रमाइलो वातावरण सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हिमालयन हाइभ बोइज होस्टेलका सञ्चालक तथा देउसी भैलो कार्यक्रमका संयोजक जीवन पन्तले बताउनुभयो।
“तिहारको समयमा पनि पढाई र अन्य कामका कारण घर जान नपाएका धेरै विद्यार्थीहरू हुन्छन्। उहाँहरूको तिहार खल्लो नहोस् भनेर र हाम्रो मौलिक संस्कृतिलाई जोगाउन यो कार्यक्रम आयोजना गरिएको हो,” पन्तले भन्नुभयो।
यस कार्यक्रममा पूर्व झापा देखि तराईका विभिन्न क्षेत्र र सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थीहरूको सहभागिता रहेको थियो। उहाँहरूले देउसी भैलो खेलेर तिहारको रौनक बढाएका थिए।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?