नेपालमा पर्यटन क्षेत्र नाफामा, १८ अर्ब आम्दानी हुँदा १० अर्ब खर्च

नेपालबाट विदेश घुम्न जानेहरु भन्दा नेपाल आउने पर्यटकले गर्ने खर्च बढी हुँदा पर्यटन क्षेत्र नाफामा देखिएको छ ।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो चौमासिक तथ्यांक अनुसार पर्यटन क्षेत्र नाफामा देखिए पनि समग्र सेवा क्षेत्र भने २३ अर्ब ३० करोड रुपैयाँले घाटामा छ । यसो हुनुमा शिक्षामा ठूलो रकम विदेशिनु हो ।

नेपालले कात्तिक मसान्तसम्म विदेशी पर्यटकबाट १७ अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको छ । यो अघिल्लो आव २०७८/७९ को तुलनामा १३७ प्रतिशत धेरै हो । सो आवमा यस अवधिमा मात्र ७ अर्ब ५८ करोड रुपैयाँ आम्दानी भएको थियो ।

समीक्षा अवधिमा भ्रमण व्यय भने ३३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । जसमा शिक्षामा २२ अर्ब ६१ करोड विदेशिएको छ । यसअनुसार १० अर्ब ४५ करोड रुपैयाँ भने नेपालीले विदेश घुमफिरमा खर्च गरेका छन् ।

अघिल्लो आवको यसै अवधिमा भ्रमण व्यय २० अर्ब १९ करोड रुपैयाँ थियो । जसमा शिक्षाका लागि विदेशिएको रकम १० अर्ब ७० करोड थियो । अर्थात सो आवको चार महिनामा भ्रमणमा विदेशिने रकम ९ अर्ब ४९ करोड रहेको थियो ।

तथ्यांक अनुसार नेपालबाट भ्रमण शीर्षकमा बाहिरिने रकम भने गत आवकै हाराहारीमा छ । यसवर्ष पर्यटक आगमन बढ्दा यस क्षेत्रको आम्दानीमा वृद्धि भएको हो । सन् २०२२ को नोभेम्बरसम्म ५ लाख ४२ हजार ९७५ जना पर्यटक आइसकेका छन् । सन् २०२१ मा पर्यटक आगमन मात्र १ लाख ४९ हजार ८३३ जना मात्र थियो ।

ताजा खबर

कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट कञ्चनपुर, ३१ असोज सुदूरपश्चिम प्रदेश सीमावर्ती...

प्रहरी दिवसकै पुर्व सन्ध्यामा ब्रम्हदेबका प्रहरी इन्चार्ज चन्दमाथि कुटपिट

कञ्चनपुर, ३१ असोज प्रहरी दिवसकै पुर्व सन्ध्यामा तथा अधिल्लो दिन...

दोधाराचाँदनीका वाढीपीडित भन्छन ः ‘हाम्रो विपत्तीलाई देखाएर अरुकै रजाई राजनीति र डलरको खेति मात्रै

खडक रावल , असोज ३० देशको पश्चिमी भूगोलमा कञ्चनपुरकोे दोधाराचाँदनी...

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार खर्च

धन सिंह धामी कञ्चनपुर, ३० असोज । नेपाल पत्रकार महासंघ कञ्चनपुरका...

गणेश सामुदायिक वनको २५ बर्षे यात्रा

 विकास सिह महता कञ्चनपुर, २६ असोज कञ्चनपुरको उत्तरी भेगमा रहेको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?