वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा देशब्यापी लहर एमालेका सभाहरूमा हुटिङ, उत्ताउलो प्रचारमा राजावादी र स्वतन्त्र

काठमाडौं । संघीय र प्रदेश निर्वाचन आउन छ दिनमात्र बाँकी हुँदा वाम–लोकतान्त्रिक गठबन्धनको पक्षमा देशब्यापी लहर निर्माण भएको छ । आम समर्थकको अंकगणितीय बहुमत भएर मात्र होइन–ओली एमालेका प्रतिगामी कदम, एमालेभित्रको आन्तरिक असन्तुष्टि, एमालेले गठबन्धनमा सामेल गरेका राजावादीहरूको परिवर्तन उल्ट्याउने नियत र स्वतन्त्र भनेर सामाजिक संजालमा हल्लाखल्ला गर्नेहरूको उत्ताउलो अनि अपारदर्शी स्रोतसहितको भड्किलो तामझामले बाम–लोकतान्त्रिक गठबन्धन सहज जीतको माहौलमा पुगेको हो ।
सुरक्षा स्रोतहरूले समेत गठबन्धनले सहज जित्ने आन्तरिक निष्कर्ष निकालेका छन् । मूल कुरो त तत्कालीन नेकपाले झण्डै दुई तिहाई बहुमत पाएर बनेको केपी ओलीले नेतृत्व गरेको अघिल्लो सरकारका प्रतिगामी, कम्युनिष्ट आन्दोलन एकीकृत पार्टी–जननिर्वाचित संसद समाप्त पार्ने राजनीति–अस्थिर र निरंकुश कदमको विकल्प राजनीतिक स्थायित्वको आम अपेक्षाले हालको बाम–लोकतान्त्रिक गठबन्धन मजबुत बनेको हो । एकलौटी तानाशाहीकरणका सट्टा लोकतान्त्रिक संस्कार, विकासको भ्रष्टीकरणका सट्टा जन आधारित दिगो बिकास र आजसम्मका राजनीतिक–सामाजिक उपलब्धि समाप्त पार्ने नियतका सट्टा यसलाई जोगाउदै समाजवाद उन्मुख बन्ने सन्दर्भले समेत जनतामा बाम–लोकतान्त्रिक गठबन्धनप्रति भरोसा जागृत भएको हो ।
त्यसो त एमालेसँग विकासका सस्ता नारा दिने तर आफू नेतृत्व हुँदा राष्ट्रिय प्राथमिकतामा परेका योजना वा सन्दर्भहरूलाई भजाएर, भ्रष्टीकरण गरेर बोल्ने बाहेक यो चुनावमा कुनै एजेन्डा नै छैन । ओलीका राजनीतिक नियतहरू उदाङ्गो भइसकेका छन् । त्यसैले उनले राजेन्द्र लिङ्देन र कमल थापा जस्ता राजावादी–हिन्दुवादीहरू, हिजो आफैंले भारतभक्त तथा साम्प्रदायिक करार गरेका शक्तिहसँग गठबन्धन बनाएका छन् । जसको सत्ता बाहेक अर्काे स्वार्थ नै छैन ।
तिनै ओली र उनका गठबन्धनहरू बाम–लोकतान्त्रिक गठबन्धनलाई औचित्यहीन र अपवित्र भनिरहेका छन् । आजसम्मका राजनीतिक परिवर्तनका लागि मिलेर लडेका शक्तिहरू आफूले ल्याएको परिवर्तनलाई जोगाएर समुन्नति र स्थिरताका लागि गठबन्धन भएर अगाडि बढ्नु भन्दा बढी औचित्यको राजनीतिक सन्दर्भ अर्काे हुन सक्दैन । त्यसैले आफ्नै बहुमत समेत टिकाउन नसक्ने ओली एमालेलाई फेरि त्यस्तै हर्कतका लागि बहुमत ? फेरि प्रतिगमनका लागि बहुमत ? यही स्वाभाविक प्रश्नले जनतामा जवर्जस्त घर गर्दा एमालेमा छटपटी निर्माण भएको छ ।
अझ एमालेका ठूलठूला भनिएका सभामा उपस्थित जनता र कार्यकर्ताहरूले ओलीबिरुद्ध सार्वजनिक हुटिङ गरेका छन् । कैलाली र दैलेख सभाको हुटिङले एमालेभित्र कसरी असन्तुष्टिको आगो बलेको छ भन्ने देखाउँछ । ओलीको एकलौटी रबैयाको बिरोध गर्दै नेता भीम रावलको पक्षमा कार्यकर्ताहरू खडा हुँदा त्यसलाई चित्तबुझ्दो साम्य गर्नुसट्टा ओली झन् उग्र भएका छन् । चुनावको बेला समेत जनता–कार्यकर्ताप्रति उग्र हुनुपर्ने ओली बाध्यताले एमालेको संसदमा बैधानिक उपस्थितिको हविगत के हुँदैछ भन्ने कुराको संकेत गर्दछ । सभाहरूमा मात्र होइन, मिडियासँगका अन्तर्वार्ताहरूमा समेत ओलीले संयमता गुमाएका छन् । ‘ग्यालेक्सी फोर के’ टिभीमा रमेश प्रसाईंसँग र ‘एपी वान’ टिभीमा टीकाराम यात्रीसँगको उनको प्रतिवाद सभ्य समाजमा, सभ्य नेताबाट अपेक्षा गरिएभन्दा प्रतिकूल छ ।
उता राप्रपासहितका राजावादीहरू चाहिँ गणतन्त्रले के दियो ? अब हामी राजनीतिक परिवर्तनलाई नै उल्ट्याइदिन्छौं भनेर झापादेखि जुम्लासम्म बर्बराइरहेका छन् । परिवर्तन उल्ट्याउने, बिकासको गतिलाई निमिट्यान्न पार्ने, राजावाद र हिन्दुवादका खारेज भइसकेका अन्धता थोपरेर आफ्नो लूटको स्वर्ग फर्काउने–यो उत्ताउलो नियत फेरि अर्काे खुनखराबाको उद्देश्य बोकेको डरलाग्दो नियत हो । एमालेसमेत त्यही नियतसँग मिलेकोले जनताले यी दुबै पक्षबाट आफूलाई आधारभूत रुपमै पृथक गरेका छन् ।
पिँध नभएका लोटाजस्ता भुइँमा न भाँडाका रवि लामिछानेसहितका स्वतन्त्र नामका आदर्शीहरू समेत दलहरूको विकल्प बन्ने हवाइ कल्पनामा रुमल्लिएका छन् । उनीहरूको उत्ताउलो प्रचार र प्रचार स्रोतको बाढी हेर्दा लाग्छ, यसका लागि देशीविदेशी सशक्त गिरोहहरूको फन्डिङ छ । तर न कुनै राजनीतिक मार्गचित्र न ब्यक्तिगत वा सामुहिक सामाजिक निष्ठा ! ०७४ को चुनावमा जसरी रविन्द्र मिश्रको हल्ला भएको थियो, त्यस्तै हल्ला हुँदै अन्ततः मिश्र जसैगरी पतनमा पुग्ने संकेत स्वतन्त्रहरूको रवैयाले देखाएको छ । समयबद्ध साप्ताहिकबाट

ताजा खबर

बेलडाँडी गाउँपालिका–०३ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

नरेन्द्र गुरुङ्ग बेलडाँडी ०३ चैत । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–०३ मा राष्ट्रिय...

सेनाको गोरखनाथ गण भुपु सैनिकको पुर्नमिलन कार्यक्रम 

कञ्चनपुर, चैत्र २  नेपाली सेनाको गोरखनाथ गणका पुर्व सैनिक कर्मचारीहरुको...

पुनर्वास नगरपालिका–०४ राप्रपा वडा कमिटिको अध्यक्षमा बिष्ट

  नरेन्द्र गुरुङ्ग पुर्नवास ०२ चैत कञ्चनपुरको पूर्नवास नगरपालिका–०४ मा राष्ट्रिय...

मोवाईल व्यवसायी आचार्यद्वारा बृद्धाआश्रममा लुगाकपडा तथा खाद्यान्न सहयोग

महेन्द्रनगर ०२ चैत ।  मोवाईल व्यवसायी धर्मदेव आचार्यले कञ्चनपुरको एक...

लक्ष्मी माविको सम्पन्न धार्मिक तथा विज्ञान महोत्सवको आय/व्याय सार्वजनिक

महेन्द्रनगर २४ फागुन । कञ्चनपुरको महेन्द्रनगरमा रहेको लक्ष्मी माविले विद्यालयमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?