भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ
कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना गरिएको भीमदत्त नगर स्तरिय अन्तर माध्यमिक विद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुलले जितेको छ ।

कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना गरिएको भीमदत्त नगर स्तरिय अन्तर माध्यमिक विद्यालय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुलले जितेको हो । होलि फेम्ली इङलिस बोर्डिङ स्कुलको आयोजना , भीमदत्त नगरपालिका सह आयोजनामा थगा कञ्चनपुर जिल्ला क्रीकेट संघको प्राविधिक सहयोगमा भीमदत्त नगर स्तरिय माध्यमिक तह विद्यालय स्तरीय टी २० पुरुष क्रीकेट प्रतियोगिता २०८३ को फाइनलमा इन्टरनेशनल पब्लिक स्कुल र मर्निङ गोलोरी स्कुलका बीच भएको खेलमा मर्निङ ग्लोरी स्कुलले पहिलो ब्याटिङ गर्दै १० विकेटको क्षतिमा ९९ रन बनाउदै १०० रनको लक्ष्इ दिएको थियो । दोस्रो इनिङ्सको लागि इन्टरनेसनल पब्लिक स्कुलले १०० रनको लक्ष्य पछ्याउने क्रममा सबै बिकेट गुमाउदै अल आउट हुँदा ८६ रन मात्र वनाउन सफल रहेको थियो । १४ रनले उपाधी जित्न सफल मोर्निङ ग्लोरी स्कुलले नगद रु ५१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टोली इन्टरनेशनल पब्लिक स्कुलले नगद रु ३१ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।फाइनल खेलका “म्यान अफ द म्याच” मोर्निङ्ग ग्लोरिका लब ओखेडा भएका छन भने बेष्ट बलरमा इन्टरनेसनलका प्रीन्स भण्डारी, बेष्ट फिल्डर मोर्निङ्ग ग्लोरीका निर्मल पाल, “म्यान अफ द सिरिज” शान्ती निकेतन माध्यमिकका इशान दौल्याल उदीयमान खेलाडिमा होलि फेम्लिका तप्पन अवस्थी खेलाडी छनौट भएका छन सबैलाई नगदसहित ट्रफी प्रदान गरिएको छ ।

हरेक वर्ष विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको होली फेम्ली ईङलिश मिडियम स्कुलले खेलाडिहरुका लागी निशुल्क तालिमहरु समेत सञ्चालन गर्दै आएको छ । विद्यालयले प्रतियोगितामा खेल सामग्री खरिद गर्न नसक्ने विद्यार्थीहरुका लागी निशुल्क खेल सामग्री समेत उपलव्ध गराएको थियो ।

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?