दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

 

पप्पु गुरुङ 

कञ्चनपुर १९ जेठ

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालित एक महिने मेसिनेरी होजियारी तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिकाको आयोजना तथा उद्योग बाणिज्य तथा आपुर्ती मन्त्रालयको सहयोगमा दोधारा चाँदनी नगरपालिकामा एक महिने मेसिनेरी होजियारी तालिम सम्पन्न गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ता जयन्ती भट्टले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकामा बसोबास गर्ने २० जना महिलालाई सहभागी गराई तालिम सम्पन्न गरिएको सहजकर्ता जयन्ती भट्टले बताउनुभयो । तालिममा धागोबाट स्वेटर, गलबन्दी, टोपी, मोजा, पञ्जा लगाएत सामग्री बुन्न सिकाईएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाका सहजकर्ताभट्टले बताउनुभएको छ् । मेसिनेरी होजियारी तालिमको समापन सत्रमा बोल्दै दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर कुमार लिम्बुले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएकाले सहभागीहरुले सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको छ् । तालिम पाएर महिलाहरुको आयआर्जनमा टेवा पुग्ने नगर प्रमुख किशोर कुमार लिम्बुले बिश्वास ब्यक्त गर्नुभएको छ् । नगर क्षेत्रका महिलालाई सक्षम र स्वरोजगार बनाउने नीति अनुसार पालिकाले बेलबखत बिभिन्न तालिमको आयोजना र आवश्यक सहयोग गर्दै आएको नगर प्रमुख लिम्बुले बताउनुभयो । उहाँले गृहिणीहरुले अब चुलोचौको र मेलापातमा अल्झिन नहुने बताउनुभयो । समापन सत्रमा तालिममा सहभागी महिलाहरुलाई प्रमाण पत्र सहित बुनाई मसिन प्रदान गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय लद्यु उद्यम बिकास शाखाले जनाएको छ् ।

 

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?