यस्तो छ प्रदेशसभा सदस्यका उम्मेदवार ‘सरल’ को प्रतिबद्धता पत्र (पूर्णपाठसहित)

कञ्चनपुर । कञ्चनपुुर निर्वाचन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाट(सरल)ले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार सरलले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन ।

‘आधारभूत समस्याको समाधान गरौँ, उत्पादन बढाएर आत्मनिर्भर बनौँ, योजना भन्न र देखाउनलाई होईन कार्यान्वयन गर्न र जनजिविकासंग जोडिएका काम गरौँ’ भन्ने मुल नारा लिएर प्रदेशसभा सदस्यका उम्मेदवार सरलले भौतिक तथा सप्टवेयरमा समेत चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन ।

सरलले क्षेत्रको एकीकृत नमुना विकासका लागि प्रतिबद्धता जाहेर गर्दै शिक्षा, स्वास्थ्य, यातायात, भौतिक पूर्वाधार खानेपानी, भूमि तथा कृषि, पर्यटन, सस्कृति, सहकारी, स्वरोजगार, समाजिक सुरक्षा, स्वास्थ्य पुर्नस्थापनाको एजेण्डालाई प्राथमिकता दिएका छन । क्षेत्रका आरक्षपीडित, भूमिहिन, सकुमबासी, मुक्त हलिया कमैया, दलित, आदिवासी जनजाती, विपन्न एव नदी कटानीको समस्या समाधनका लागि प्रतिज्ञा गरेका छन ।

जनतासंग जनप्रतिनिधी कार्यक्रम संचालन गरी हरेक ३ महिनामा अनिवार्य जनताकै विचमा गई साक्षात्कार कार्यक्रम संचालन गर्ने योजना अघि सारेका छन । क्षेत्रमा एक बहुप्राविधकि शिक्षालय स्थापना गर्ने, सामुदायिक क्याम्पसलाई सरकारी विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने, क्षेत्रका स्वास्थ्य संस्थाको स्तर बृद्धि गर्दै गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा विस्तार गर्ने, क्षेत्रभरी रिङरोड विस्तार गर्ने, चुरेदेखि दक्षिण लालझाडी मोहनासम्मका नदी कटानी नियन्त्रणका लागि तटबन्ध निर्माण, पुल पुलेसा निर्माण, डम्पिङ्ग साईडको वैज्ञानिक व्यवस्थापन गनिरे, बाल उद्यान विस्तार, चोक चौतारमा सिसिभिटी क्यामेरा जडान, एक वडा एक खेल मैदान निर्माण गरिने, अनाथ असहाय, अपाङ्गका लागि आवासिय विद्यालय स्थापना गरिने, कृष्णपुर नगरपालिका १ विगटबस्ती कुमगडामा विकास पूर्वाधार विस्तार गरिने र पाँच बर्षभित्रै क्षेत्रभरीका सबै गाँउबस्तीमा शुद्धखानेपानी विस्तार गरिने प्रतिद्धता जाहेर गरिएको छ । ‘भूमिहिनलाई जमिन र अव्यवस्थित बसोबासीलाई राजस्व घटाएर लालपुर्जा वितरण गरिने, आरक्षपीडितको दिर्घकालिन समस्या समाधान गरिने, छापा पशु चौपायाको बहुमखी व्यवस्थापन गरिने, आत्मनिर्भर कृषि कार्यक्रम संचालन, कृषि एम्बुलेन्स विस्तार, बगरखेती विस्तार, महाकाली तेस्रो चरणको नहरलाई कृष्णपुर नगरपालिकासम्म यथाशिघ्र विस्तार गराउने, भूमिगत सिँचाई विस्तार, चिस्यान केन्द्र निर्माण, स्थानीय उत्पादनलाई बाह्य बजारसम्म पु¥याउने, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि हिरापुरमा गेट निर्माण गर्ने, क्षेत्रमा ऐतिहासिक धार्मिक पर्यापर्यटकीय क्षेत्रको विकास गर्ने, पहाड, थारु समुदायको संस्कृति संरक्षण गरिने, हरेक जनतालाई सहकारीसंग जोड्ने, युवाहरुलाई सीपमुलुक तालिम उपलब्ध गराएर आत्मनिर्भर बनाउने, जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन सहिद घाईते वेपत्ता विस्थापित परिवार सहितका सन्ततीलाई शिक्षा, स्वास्थ्य र भरणपोषणको योजना ल्याउने, दलित लोपोन्मुख विपन्न परिवारको जनता आवास कार्यक्रम संचालन गर्ने , लागु औषधको दुव्र्यसनीबाट छुटकारा दिलाउन सुधार गृह निर्माण गर्ने, धर्मशाला विस्तार गर्ने, क्षेत्रमा उच्चस्तरिय अस्पताल निर्माण गर्ने, सुशासन, पारदर्शी रुपमा जनताको चाहना अनुरुप विकास गर्ने एजेण्डा अघि सारेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र २(क)का उम्मेदवार ओम विक्रम भाट(सरल)ले सक्नेजती एजेण्डा अघि सारेको बताएका छन । ‘मैले जितेपछि यस क्षेत्रको सम्बृद्धिका लागि सक्ने जती अहिले जनतासामु प्रतिबद्धता लगेर चुनावमा होमिएको छुँ, ‘ओम विक्रम भाटले भने, ‘हारेपनि क्षेत्रको विकासका काम गर्छु ।’

आदरणीय

कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र न. २ (१) का सम्पुर्ण आमाबुवा दिदीबहिनी तथा दाजुभाईहरुमा म ने.क.पा. (माओवादी केन्द्र) पार्टीको तर्फबाट कञ्चनपुर क्षेत्र न. २ (१) को प्रदेश सभामा संयुक्त बामलोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार ओम विक्रम भाट (सरल) को तर्फबाट हार्दिक अभिवादन, नमस्कार, जय नेपाल !

नेपाली जनताको मुक्ति र आमुल परिवर्तनका लागि १३ वर्षको कलिलो उमेर देखी म लगायत मेरो सिंगो घर परिवार अग्रगामी मुक्ति आन्दोलनमा होमिएको कुरा यहाँहरुलाई सर्वविदितै छ । म आफैँ एउटा आरक्षपिडित भएको नाताले पनि परिवर्तनकारी आन्दोलनको अग्रपंक्तीमा उभिएर सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिका निर्वाह गर्दै आएको हुँदा यहाँका मुख्य समस्याहरु आरक्षबिस्थापित क्रममा पिडित भएका आरक्षपिडित, घरबारविहीन सुकुम्वासी, शिक्षा, स्वास्थ्यमा पिछडिएका मुक्त कमैया, मुक्त हलिया, दलित, आदिवासी, जनजाति, नदि कटान, पुल तथा बाटोको समस्या, लालपुर्जाको समस्या, सिँचाईको समस्या, छाडा पशुचौपाय व्यवस्थापनको समस्या, लागुऔषध दुव्र्यसनी, मलखाद, बिउविजनको चरम अभाव, पर्याप्त बजारीकरणको अभाव, कृषिमा परनिर्भरतादेखी बेरोजगारी, अशिक्षा, रुढीबादीबाट ग्रस्त समाजसँग निकै नजिकबाट परिचित छु । देशमा नेपाली कांग्रेस र माओवादीको संयुक्त पहलकदमीमा अग्रगामी शक्तीहरुको नेतृत्वमा राज्यव्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था ज्युँका त्यूँ नै छन । तसर्थ समाजमा व्याप्त समस्याहरुलाई जरैदेखी निर्मुल पारी मजबुत अर्थतन्त्र सहितको शिक्षित, विकसित र समृद्ध राष्ट्रनिर्माणका लागि आउँदै गरेको मंसिर ४ गतेको निर्वाचनमा प्रदेश सभासदस्यमा ने.क.पा. (माओवादी केन्द्र) बाट उम्मेदवार भएका कञ्चनपुर क्षेत्र न. २(१) का लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार म ओम विक्रम भाटलाई गोलाकार भित्रको हसिँया हथौडामा छाप लगाई अत्यधिक बहुमतका साथ विजय गराईदिन हार्दिक अनुरोधका साथ हार्दिक अपिल गर्दछु ।

शिक्षा

सिपमुलक व्यवसायिक र प्राविधिक शिक्षाका लागी एउटा बहुप्राविधिक शिक्षालय स्थापना गरिनेछ ।

यस क्षेत्रका सामुदायिक क्याम्पसहरुलाई आंगिक क्याम्पस बनाउने गरि काम गरिनेछ । प्राविधिक उच्च शिक्षण संस्था स्थापनाको पहल गरिनेछ ।

स्वास्थ्य

स्वास्थ्य समस्या समाधानका लागि सञ्चालनमा रहेका स्वास्थ्य सँस्थाहरुको स्तोरन्नती गरी एउटा सुविधा सम्पन्न अस्पताल स्थापना गरिनेछ । गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा सँगसँगै नवजात शिशु र आमालाई पोषिलो आहार कार्यक्रम सञ्चालन गरिनेछ ।

यातायात

नगर स्तरिय बस सेवा सञ्चालनमा ल्याइनेछ र प्रदेश निर्वाचन क्षेत्र समेटीनेगरी रिंगरोडको प्रत्येक गाँउ टोलमा कालो पत्रे सडक निर्माण गरिनेछ ।

भौतिक पुर्वाधार

मोहना नदीको आवश्यक क्षेत्रहरुमा पक्की पुल र झोलुङ्गे पुल निर्माण गरिनेछ ।

कैलाली अत्तरियाको फोहोर मोहना किनारमा डम्पिङ साइड बनाएका कारण प्रदुषण फैलिरहेको हुँदा त्यसको वैज्ञानिक व्यवस्थापन गरिनेछ ।

दोदा नदी, स्याली नदी बनहरा नदी, बन्द नदी, मोहना नदी लगायतका विभिन्न खोलाहरुले सृजना गरेको नदीकटानको समस्याको स्थायी समाधानको लागि गुरुयोजना बनाएर स्थायी तटबन्धको व्यवस्था गरिनेछ । अधुरा बाटा तथा कल्भर्ट र पक्की पुलहरुलाई पुर्णता दिने तथा आवश्यक ठाँउमा बाटाघाटा तथा पुलहरुको निर्माण गरिनेछ ।

यस क्षेत्रका प्रत्येक स्थानिय तहहरुमा आवश्यकता अनुसार बालउद्यान, योगकेन्द्र तथा ध्यानकेन्द्र स्थापना गरिनेछ ।

यस क्षेत्रका सबै आवश्यक ठाँउहरुमा सडक बत्ती र चोकचौराहमा सि. सि. क्यामेरा जडान गरिनेछ ।

यस क्षेत्रका लागि सुविधा सम्पन्न सामुदायिक सभाहल निर्माण गरिनेछ ।

यस निर्वाचन क्षेत्रमा कभर्ड हल स्थापनागरी उचित स्थानमा बहुउपयोगी रंगशाला निर्माण गरिनेछ ।

एक वडा एक खेलमैदान अवधारणा अन्तर्गत क्रिकेट मैदान निर्माण गरिनेछ ।

अनाथ, असहाय, अपांग, टुहुरा तथा सडक बच्चाहरुका लागी एउटा पुर्ण आवासिय विद्यालय संचालन गरिनेछ ।

कृष्णपुर नगरपालिका १ को सबैभन्दा बिकट बस्ती कुमगडामा बाटो, बिजुली, खानेपानी लगायतका आधारभुत आवश्यकताका विकास कार्यक्रमहरु लागु हुनेछ ।

खानेपानी

पाँच वर्ष भित्र प्रत्येक गाँउवस्तीमा शुद्ध खानेपानीको बन्दोबस्त गरिनेछ ।

भुमी तथा कृषि

भुमिहिनलाई जमिन र जमिन भएकालाई राजस्व घटाएर लालपुर्जा प्रदान गरिनेछ ।

सेतोपुर्जा प्राप्त गरेकालाई लालपुर्जा प्रदान तथा मुक्त कमैयाको लालपुर्जा फुकुवा गरिनेछ ।

आरक्षपिडितका समस्या दीर्घकालिन रुपमा समाधान गरिनेछ ।

छाडा पशुचौपायाको उचित व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन गरेर कृषकलाई उपलब्ध गराई कृषि तथा दुग्धजन्य उत्पादनमा वृद्धिगरी कृषकलाई आत्मनिर्भर बनाईनेछ ।

जगंली वन्यजन्तु नियन्त्रणका लागि मेसवाइर र सडक बत्तीको प्रवन्ध गरिनेछ ।

मलखाद, विउविजनको समस्या समाधानका लागी उपयुक्त प्रवन्ध गरिनेछ ।

कृषिमा आधुनिकीकरण लागु गरी व्यवसायिक कृषीमा जोड दिदैँ आत्मनिर्भर कृषि कार्यक्रम लागु गरिनेछ जस अन्तर्गत एकगाउँ एक उत्पादन कार्यक्रम ल्याई तरकारी, फलफुल लगायत मौसमी र वेमौसमी कृषिबाली उत्पादनका लागि पकेट र ब्लक स्थापना गरिनेछ साथै कृषि एम्बुलेन्स सञ्चालन गरिनेछ ।

बगर खेतीलाई व्यवस्थित गरी उत्पादन भएका साग, तरकारी तथा फलफुल बजारको व्यवस्थापन गरिनेछ ।

किसानलाई कृषि औजार र उपकरणहरुमा अनुदान उपलब्ध गराईनेछ ।

महाकाली सिँचाई परियोजना (तेस्रो चरण) को नहरलाई कृष्णपुरसम्म यथाशिघ्र विस्तार गर्ने तथा नहर नपुगेको ठाउँमा सिँचाईका लागि लिफ्ट सिँचाई तथा भुमिगत जलस्रोतबाट सिँचाई व्यवस्थापन गरिनेछ । शु.न.पा ७ मा रहेको नर्सरीलाई निँगालो, बेत, वाँस उत्पादन केन्द्रको रुपमा विकास र प्रोत्साहन गरी औद्योगिक र पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।

एउटा सुविधा सम्पन्न चिस्यान केन्द्र (ऋयमि क्तयचभ) संचालन गरिनेछ ।

निर्वाचन क्षेत्रमा एक वडा एक उत्पादन कार्यक्रम संचालनगरी स्थानीय कृषि उत्पादनमा जोड दिइनेछ ।

स्थानीय कृषि उत्पादनलाई राष्ट्रिय बजारसँग सम्बन्ध जोडी राजधानीको बजारमा पु¥याउन सकिने गरी बजारीकरणको व्यवस्था गरिनेछ ।

पर्यटन

शु.न.पा. ७ सिमलफाँटाबाट हिरापुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने गेट, पुल र काउण्टर स्थापना गरी पर्यटन प्रवद्धन गरिनेछ ।

बनदेवी मन्दिर, गडविजला ताल, मणिका धाम, ग्वासी क्षेत्र, धारापानी लगायत धार्मिक एंव प्राकृतिक महत्वका क्षेत्रहरुको विकास गरी पर्यटकीय क्षेत्रको संरक्षण, सम्बद्र्धन र प्रचार, प्रसार गर्ने र पर्यटकीय पथ मार्ग निर्माण गरिनेछ ।

संस्कृति

रानाथारु समुदायको परम्परागत कला, संस्कृति, रितिरिवाजको संरक्षण र सम्वद्र्धन गर्न प्रत्येक गाँऊ, टोललाई आत्मनिर्भर बनाउन, व्यवस्थित खालका अत्याधुनिक होमस्टेहरु निर्माण गरी सञ्चालन गरिनेछ र वार्ड ६ लाई थारु सांस्कृतिक मोडेल गाँउको रुपमा विकास गरिनेछ ।

राना समुदायका भुइँयाभुत, मठ मन्दिर निर्माण गरिनेछ ।

थारु समुदायका देउथान भुँयाहरी लगायतका धार्मिक सांस्कृतिक जगेर्ना गरिनेछ ।

दोमिल्लामा गौरा देवीको मन्दिर निर्माण गरिनेछ ।

इसाई समुदायको लागि समाधिस्थलको व्यवस्था गरिनेछ ।

भलमन्सा, बडघर कानुनलाई प्रदेशबाट ऐन कानुन बनाएर व्यवस्थित गरिनेछ ।

सहकारी

महंगी तथा कालोबजारी नियन्त्रणका लागि सरकारी तथा सहकारी सुपथ मूल्य पसलहरु सञ्चालन गरिनेछ ।

प्रत्येक व्यक्ति र परिवार को सहकारीमा पहुच पु¥याउने गरी सहकारी संस्थाको विकास र विस्तार गरिनेछ ।

स्वरोजगार

महिला, युवा तथा निरपेक्ष गरिबीका रेखामुनि रहेकाहरुको जीवनस्तर उकास्न सीपमुलक तालिमको व्यवस्था गरी उत्पादनमा जोड दिईनेछ ।

दलित समुदायका परम्परागत पेशालाई आधुनिकीकरण गरी उत्पादन प्रवद्र्धन गरिनेछ ।

प्रत्येक वार्डहरुमा एउटा लघु औद्योगिक केन्द्र स्थापनागरी साना तथा घरेलु उद्योगहरु सञ्चालन गर्न अनुकूल वातावरण बनाइने छ ।

गरिब, दलित, जनजाति, पिछडा वर्ग, लोपोन्मुख वर्ग र सीमान्त वर्गको उत्थानका लागि आयमूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सीप सिकाउन सरल बाटोबाट पुँजी प्रदान गर्ने व्यवस्था गरिनेछ ।

स्थानीय साधन स्रोतको सदुपयोगगरी उद्योग स्थापना गर्न चाहने उद्यमीलाई सहजीकरण गरी आवश्यक सहयोग, रोजगारी सिर्जना गर्न उत्पादन वृद्धि गरी प्रोत्साहन गरिनेछ ।

सामाजिक सुरक्षा

असहाय, अशक्त बृद्धबृद्धा बा–आमालाई गाँस, बास र कपासको ग्यारेण्टी गरिनेछ ।

जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थारुहट आन्दोलनका शहिद, घाईते, बेपत्ता र विस्थापित परिवार र शहिदका सन्ततीहरुको भरणपोषण, शिक्षा, स्वास्थ्यको पुर्ण व्यस्थापन गरिनेछ ।

दलित, लोपोन्मुख र विपन्न परिवारलाई जनता आवास कार्यक्रमद्वारा सम्बोधन गरिनेछ ।

स्वास्थ्य पुर्नस्थापना

लागुऔषध र्दुव्यसनीबाट छुटकारा दिलाउन सुधार गृह (च्भजबद ऋभलतचभ) स्थापना गरी कुलतमा फसेका युवाहरुलाई ल्याई समाजमा पुर्नस्थापित गरिनेछ । अनाथालय, बृद्धाश्रम, पुर्नस्थापना केन्द्र र धर्मशालाको सञ्चालन तथा व्यवस्थापनको प्रयत्न गरिनेछ । निर्वाचन क्षेत्रमा एउटा उच्चस्तरीय अस्पतालको स्थापना गरिनेछ ।

१३ बर्षको उमेरदेखि राजनीतिमा होमिएका सरलले सिङ्गो जिवन नै जनताकै लागि सर्पमर्ण गर्ने प्रतिज्ञा गरेर चुनावमा होमिएका छन ।

प्रतिकृया दिनुहोस

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?