क्षेत्र ३ का मतदाता भन्छन्–‘यसपाली प्रदेशसभा सदस्यमा टेकेन्द्र भट्ट जिताउँछौं’

महेन्द्रनगर। टेकेन्द्र प्रशाद भट्ट राजनीतिको चर्चित नाम हो । राजनीति मात्र होईन ईमान्दारको अर्को प्रतिक रुपमा परिचित उनै टेकेन्द्र आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र ३९क०बाट प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन ।

बाम लोकतान्त्रिक गठबन्धन तर्फबाट निर्वाचन क्षेत्र ३९क० प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट माओवादी केन्द्रीय सदस्य हुन । युवा नेता भट्टलाई काँग्रेसको साथ रहेको छ । झण्डै अढाई दशकअघिदेखि राजनीतिमा सकृय रहेका भट्ट संविधान सभा सदस्य पनि हुन ।

०६४ मा भएको पहिलो संविधान सभा सदस्य निर्वाचनमा भट्ट निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए । उतिबेला संविधान बनाउने काम भएकाले क्षेत्र भन्दा संविधान बनाउन केन्द्रीत भए । नेपाली काँग्रेस पारिवारिक पृष्टभूमीका भट्टले कुनै विवाद, भ्रष्टाचार एव समाज बिरोधी काममा संलग्न नभएको पाईन्छ ।

उनका बाबु स्व।तारादत्त भट्ट काँग्रेस सकृय कार्यकर्ता थिए । बाबुकै प्रेरणाबाट भट्ट बिएस्सी अध्ययन गर्दै गर्दै तत्तकालिन माओवादीले अघि सारेको जनयुद्धमा होमिएका भट्ट महेन्द्रनगर स्थित सिद्धनाथ विज्ञान क्याम्पसमा ०५५ सालतिर बिएसस्सी अध्ययनकै क्रममा भट्ट राजनीतिमा होमिएका थिए । युवा विद्यार्थी आम जनताका समस्याप्रति परिचित टेकेन्द्र आफ्नो विज्ञान पढाई तिलान्जली लिएर युद्धमा होमिएका थिए ।

अध्ययनमा अब्बल भएकै कारण उनी सरकारी क्याम्पसमा विज्ञान विषय अध्ययन गरिरहेका थिए । ०५५ सालतिर नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी इकाई अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्यसम्म जिम्मेबारी निर्वाह गरिसकेका छन । अखिल क्रान्तिकारी सिद्धनाथ विज्ञान क्याम्पस इकाई अध्ययन हुँदै भीमदत्त नगरको नगर अध्यक्ष, ०५६ सालमा जिल्ला अध्यक्षको जिम्मेबारी सम्हालिसकेका छन ।

०५९ सालमा कञ्चनपुर–डडेल्धुरा पार्टीको सचिव, ०६० सालमा कञ्चनपुर–डडेल्धुराको जिल्ला इन्चार्ज, ०६१ सालमा कञ्चनपुर जिल्ला अध्यक्ष, ०६४ सालमा संविधान सभा सदस्य निर्वाचित भएपछि राज्यको सासकिय निर्धारण समिति र व्यवस्थापिका ससदको अर्थश्रम सम्बन्धन समिति सदस्य भएर जिम्मेबारी निर्वाह गरेका थिए ।

संसद हुँदा अहिले निर्वाचनका सहकर्मी प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकसंगै काम गरेर सुप विश्वविद्यालय विधेयक पारित गराउनेदेखि दोधाराचाँदनीमा सुख्खाबन्दरगाह निर्माणका लागि पहलकर्ता रहेका थिए । उतिबेला संविधान लेखन कार्यमा संगै रहेका टेकेन्द्रलाई अहिले पुर्वमन्त्री रमेश लेखक र पुर्वमन्त्री लेखकलाई टेकेन्द्रको साथ रहेको पाईन्छ ।

पाटी निकट मोर्चा सेती महाकाली राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय सचिवको जिम्मेबारीमा रहेका भट्ट ०६९ सालमा केन्द्रीय सदस्य र हाल पनि पार्टीको केन्द्रीय सदस्यमा जिम्मेबारी रहेको थियो । कञ्चनपुरको विकास निर्माणका लागि थुप्रै पहलकर्ता समेत रहेका भट्टले संविधान निमाणका लागि ३४ दलिय गठबन्धन कञ्चनपुरको संयोजनकर्ताको भूमिका समेत निर्वाह गरेका थिए ।

कञ्चनपुरको राजनीतिक, आर्थिक, समाजिक परिर्वतन र विकासका लागि भूमिका निर्वाह गरेका भट्टले यस पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन । भट्टले संविधानको रक्षा गर्दै संविधानमा उल्लेख भएका व्यवस्था संस्थागत गर्न र क्षेत्रको दिगो विकास सम्बृद्धिका लागि आफुले उम्मेदवारी निर्वाह गर्ने एजेण्डा अघि सारेका छन ।

‘मेरो निर्वाचन क्षेत्र उत्तरमा चुरे पश्चिममा महाकाली नदी पुर्वमा पनि नदी, मध्य भागमा बजार क्षेत्र र दक्षिणमा निकुञ्ज क्षेत्रसंगै जोडिएको छ, ‘उनले भने, ‘जिल्लाकै सदरमुकाम केन्द्र भएकाले भएका विद्यमान समस्या समाधान गर्छु ।’ केन्द्रमा समेत राजनीतिक प्रशासनिक पहुँच बनाएका भट्टले प्रदेशकै सार्मथ्य, चाहनाले पनि यस क्षेत्रका ठुला योजना संचालनमा कठिनाई हुने भएकाले केन्द्रसंग आवश्यक बजेट, पालिकासग समन्वय गरेर प्रदेशबाट सक्नेजती काम गर्ने बताए ।

भट्टले निर्वाचन क्षेत्रमा रहेका विद्यमान समस्या, चुरे सहितका नदीखोला नालाको कटानीले कृषियोग्य भूमि क्षतिकरण भएकाले सो जमिन पुर्नरुत्पादन गर्ने, सिँचाई, स्वास्थ्य, खानेपानी, व्यवस्थित शहरीकरण, बेरोजगारी समस्या समाधान, छाडा पशु चौयापाको बहुमुखी व्यवस्थापन, युवा केन्द्रीत उद्यम, औद्योगिकण, शिक्षा स्वास्थ्यको दिगो विकास र सम्बृद्धिका लागि प्रदेशबाट समस्या समाधान गर्ने एजेण्डा अघि सारेका छन ।

प्राविधिक शिक्षादेखि समाजिक विकृती, विभेद हटाउँदै समुन्नत समाज निर्माणका लागि आफुले काम गर्ने बताए । ‘विगतमा संविधान निर्माण अहिले संविधान कार्यान्वयनदेखि स्थानीय जनताका दैनिक जनजिविकामा आउने समस्या हल गर्ने योजना ल्याउँछु, ‘उनले भने, ‘विगतमा पनि मलाई जनताले पल्याएरै संविधान लेख्न पठाए अहिले पनि जनताले थप जिम्मेबारी दिने आशा, विश्वास र भरोसा गरेको छु ।’

विशुद्ध निष्ठा, ईमान्दारिताको राजनीतिमा होमिएका भट्टको किशोरा र युवा अवस्था राजनीतिक जिवनमै व्यतित भएको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र ३ प्रदेश सभा सदस्यका उम्मेदवार रमेश लेखकसंगै चुनावी प्रचारमा होमिएका प्रदेश सभा सदस्यका उम्मेदवार भट्टलाई बाम लोकतान्त्रिक गठबन्धन र जनताले साथ सर्मथन दिईरहेका छन । क्षेत्र ३९क०मा औलामा गन्नजती १,२ जना टेकेन्द्रसंग असन्तुष्ट भएपनि सिङ्गो माओवादी र काँग्रेस पाटी टेकेन्द्र भट्ट जिताउने अभियानमा जुटेका छन ।

चुनाव प्रचारप्रचारका क्रममा भट्टप्रति जनआकर्षिण बढिरहेको छ । हुनत राजनीतिकमा पढेलेखेका मान्छे आउनुपर्छ भन्ने आवाज सुनिन्छ, त्यो जनताको आवाजसंगै भट्ट विज्ञान विषयकै विद्यार्थी भएकाले अब्बल मानिन्छन । क्षेत्र ३९क०का जनता अहिले टेकेन्द्र प्रशाद भट्टको बाल्य, किशोरा र युवा संघर्षको ईतिहास अध्ययन, विवाद रहित उम्मेदवार भनेर आकर्षित भईरहेका छन ।

बेदकोट नगरपालिका ८का रवी लुहारले बाम लोकतान्त्रिक गठबन्धन जित्नुपर्ने बताउँछन, ‘यो क्षेत्रबाट बाम गठबन्धन जित्नुपर्छ, ‘उनले भने, ‘पुर्वमन्त्री रमेश लेखक र संविधान सभा सदस्य टेकेन्द्र प्रशाद भट्ट क्षेत्रको दिगो विकास, सम्बृद्धि र जनताको हक अधिकारका लागि भट्ट आउँनुपर्छ ।’ भीमदत्त नगरपालिका ८का पदम राज जोशीले बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भट्टले यस कारण जित्नुपर्छ भन्दै खुलेयाम समाजमा बोलिरहेका छन ।

‘देश परिर्वतनका लागि अध्ययनकै क्रममा संघर्ष गरेका, संविधान सभा सदस्य हुँदा कुनै भ्रष्टाचार, अनियमिततामा नमुछिएका, विवादरहित नेता भट्ट संविधान लेखनदेखि कार्यान्वयनसम्म उनकै नेतृत्व चाहिन्छ, ‘उनले भने, ‘भट्ट कुनै व्यापारी पनि होईनन, केबल बिरुद्ध राजनीतिक कुसल नेतृत्व हुन ।’ भीमदत्त नगरपालिका ९ मटैनाका गणेश कार्कीले टेकेन्द्र भट्टले जित्दा क्षेत्रमा सुशासन एव विकास आउने बताउँछन ।

‘टेकेन्द्र भट्ट जीलाई मैले प्रत्यक्ष देखेको छैन, ‘उनले भने, ‘तर ०ं६४मा संविधान सभा सदस्य जितेका तिनै टेकेन्द्र भट्ट जनताको मुक्तिका लागि लडे उनकै पार्टीले ल्याएको व्यवस्थामा एक पटक जनताको सेवा गर्न मौका दिनुपर्छ ।’भीमदत्त नगरपालिका ५ सुकासालकी हरिना दमाईले बाम लोकतान्त्रिक गठबन्धन टेकेन्द्र भट्ट, रमेश लखेक र बेल बहादुर राना जिताउनुको विकल्प नभएको बताउँछिन ।

‘अहिले काम लोकतान्त्रिक गठबन्धन मौलिक शक्ति हो, ‘उनले भने, ‘एमाले कम्युनिष्ट राजावादी राप्रपासंग मिलेको जस्तो होईन, माओवादी र काँग्रेसको १२बुँदे समझदारी, शान्ति प्रकृया, संविधान लेखनदेखि कार्यान्वयनमा ठुलो भूमिका हुन्छ ।’ विचारमा स्पष्ट वक्ता ईमान्दारका प्रतिक, कर्तनिष्ठ भट्टले समाज र देशका लागि गरेको त्याग, निरन्तर संघर्षको उपज उनलाई जनसर्मथन पाईरहेको छ ।

काँग्रेसलेको स्थानीदेखि केन्द्रीत नेतृत्व र माओवादीको स्थानीयदेखि केन्द्रीय नेतृत्वले स्पष्ट रुपमा संविधानको रक्षा, व्यवस्था जोगाउन र शान्ति सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने मात्र होईन बहुमत दिएर जिताउन आब्हानै गरेका छ ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?