दोधरा चाँदनीः १८ वर्षमा सय मिटर मात्रै बनेको कालोपत्रे सडक पाँच वर्षमा बन्यो ८० किलोमिटर

महेन्द्रनगर । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकामा पछिल्लो पाँच वर्षमा सडक सञ्जाल विस्तार र स्तरोन्नती उल्लेख्य मात्रमा भएको छ ।
संघिय संरचना अघि बाबाथान बजार क्षेत्रमा करिब सय मिटर मात्रै कालोपत्रे सडक बनेको थियो ।
२०७४ सालको निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट डा. दिपक प्रकास भट्ट निर्वाचित भएपछि त्यहाँ पुर्वाधार निर्माणले प्राथमिकता पाएको हो ।
पछिल्ला पाँच वर्षमा दोधराचाँदनी उल्लेख्य मात्रामा पुर्वाधार विकास भएको स्थानीयको भनाई छ । कञ्चनपुर ३ का निवर्तमान सांसद डा. दिपक प्रकास भट्टले दोधराचाँदनीमा मात्रै पछिल्लो पाँच वर्षमा ८० किलोमिटर बढी सडक कालोपत्रे भएको बताए ।
उनका अनुसार निर्वाचन क्षेत्र विकास कार्यक्रम, रणनीतिक सडक र प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा पुर्वाधार निर्माणको काम गरिएको बताए
। सोमबार एक चुनावी कार्यक्रममा बोल्दैँ निवर्तमान भट्टले जसले १८ वर्षमा सय मिटर कालोपत्रे सडक बनाए तिनै विकासवादी नेता कहलिएको भन्दैँ कांग्रेस नेता रमेश लेखक प्रति कटाक्ष समेत गरे ।
‘म चुनावमा लड्न आउदाँ यहाँ साँघुरा सडक थिए, पिच सडक थिएन ।’ उनले भने ‘यो पाँच वर्षमा नेकपा एमाले नेतृत्वको सरकारले यस क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरि काम अघि बढायौँ, त्यसको प्रतिफल जनताले महशुस गरिरहनु भएको छ ।’ निवर्तमान सांसद भट्टको कार्यकालमा दोधराचाँदनी सुक्का बन्दरगाह निर्माण कार्य सुरु, महाकाली करिडोरको काम सुभारम्भ, मझगाउँ विमानस्थल पुन सञ्चालनका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको सांसद भट्टले दोधराचाँदनीमा पुर्वाधार निर्माण, विद्युतिकरण, सामुदायिक विद्यालय भवन निर्माण लगायतका काम गरेका छन् ।
सांसद भट्टको कार्यकालमा दोधराचाँदनीमा केके भयो ?
-८० किलोमिटर बढी सडक कालोपत्रे
-झुलुंंगे– कुतियाकभर सडक कालोपत्रे
-वडा नम्बर १ स्याउलेदेखि ८ पिपल चौतारा सडक कालोपत्रे
-महाकाली झुलुंगे पुलदेखि जमुनाघाडी सडक कालोपत्रे
-पाँच वडा शसस्त्र प्रहरीका विओपी स्थापना
सबै टोलमा सडक विस्तार
-नगरका सबै वडामा आधारभुत स्वास्थ्य ईकाइ सञ्चालन
-दोधराचाँदनीमा १५ शैयाको बनाउने कार्य सुरु
-भानु क्याम्पस भवन,अम्बीका मावि, -शारदा, लक्ष्मी लगायतमा विद्यालय भवन निर्माण ।
-वडा नम्बर १० को १८ नम्बर पिल्लरमा झुलुंगे पुल निर्माण
-कुतियाकभर, सुन्दर नगर, बडुवाल टोल, -विद्युत विस्तारसँगै सौर्य बत्ति जडान
-सबै वडामा खोप केन्द्र स्थापना
-जनता आवास अन्तरगत ४२ वडा घर निर्माण
-वडा नम्बर २,४,७,९, १० मा वन्यजन्तुको -आतांक रोक्न मेस वायर जडान
-सिचाँईका लागि बोरिङ

ताजा खबर

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

महिलाको सशक्तीकरणमा ‘एम्पावरिङ हर’ परियोजनाको उल्लेखनीय उपलब्धि

कञ्चनपुर, १६ भदौ । कञ्चनपुरमा महिलाको आर्थिक, सामाजिक तथा नेतृत्व...

बहुवर्षीय ठेक्का वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुन्छ : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बहुवर्षीय ठेक्का...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?