श्री राष्ट्रिय बहुभाषिक आधारभूत विद्यालय देखतभुलीमा शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा अन्तरकृया कार्यक्रम सम्पन्न

श्री राष्ट्रिय बहुभाषिक आधारभूत विद्यालय देखतभुलीमा शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको  छ ।
मंगलवार लालझाडी गाउँपालिका आधारभूत तथा माध्यमिक शिक्षा शाखा को आयोजनामा लालझाडी गाउँपालिका वडा नम्बर पाँच स्थित राष्ट्रिय बहुभाषिक आधारभूत विद्यालय देखतभुलीमा शिक्षक अभिभावक संघ एवं विद्यालय व्यवस्थापन समितिको क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। विद्यालय व्यवस्थापन समितिका र शिक्षक अभिभावक संघलाई सक्रिय बनाउँदै गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको वस्तुस्थितिको बारेमा जानकारी लिने र आगामी दिनहरुमा शिक्षा क्षेत्रमा गर्न सकिने साकारात्मक प्रयासहरूका बारेमा छलफल गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको गाउँपालिकाका प्राविधिक सहायक कुबेर बहादुर बमले बताउनुभयो। कार्यक्रममा मुख्य वक्ताको रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष मदन सेन बडायकले विद्यार्थीहरूको समग्र वस्तुस्थितिको बारेमा शिक्षक र अभिभावकहरुलाई थाहा हुने भएकोले कार्यक्रम निकै उपलब्धिमूलक रहने बताउनुभयो।
गाउँपालिकाको पहिलो प्राथमिकता शिक्षा क्षेत्र रहेको भन्दै आमूल परिवर्तनका निम्ति विद्यालय शिक्षालाई व्यावहारिक र उपलब्धिमूलक बनाउनका निमित्त आफूहरु लागिपरेको अध्यक्ष बडायकले बताउनुभयो।
कार्यक्रममा उपस्थित अभिभावकहरुले विद्यार्थीहरूको समस्या र समाधानका उपायका बारेमा धारणा राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति, स्थानीय सरकार , अभिभावक , शिक्षक र विद्यार्थी सबैमा सकारात्मक सोचको विकास गर्नका निम्ति आफूहरु प्रयासरत रहेको गाउँपालिका शिक्षा शाखा प्रमुख सिद्दराज भट्टले बताउनुभयो।
यसका अतिरिक्त गाउँपालिकाको तर्फबाट निःशुल्क शिक्षक सेवा आयोग का कक्षाहरु समेत धमाधम रूपमा चलिरहेका छन्। आगामी दस वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने शिक्षक र विद्यार्थी उत्पादन गर्ने लक्ष्य अनुरुप दस वर्षे कार्ययोजना बनाई गाउँपालिका अगाडि बढेको छ।
कार्यक्रममा वडा नं ५ का दुई वटा र वडा नं ४ का दुई गरि ४ वटा विद्यालयका झण्डै ४०जना वि व्य स तथा शि अ सं पदाधिकारीहरूको सहभागिता रहेको थियो। उक्त क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम गाउँपालिका अन्तर्गत संचालित सबै सामुदायिक विद्यालयहरुमा सञ्चालन हुने प्राविधिक सहायक कुबेर बहादुर बमले बताउनु भयो।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?