राष्ट्रिय भूमि आयोगका कञ्चनपुरको काममा तिव्रता

राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले आफ्नो काम लाई तिव्रता दिएको छ । विगतको भुमि सम्वन्धि समस्या समाधान आयोग बदर भए पश्चात गठन भएको राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएको हो ।
कञ्चनपुरका विभिन्न स्थानीयतहहरु र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता भए पश्चात राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले कामलाई तिव्र रुपमा अघि बढाउन स्थानीय तहहरु संगको छलफललाई गति दिएको छ । भुमि सम्वन्धि समस्या समाधानका लागी सोमवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले छलफको आयोजना गरेको छ । राष्ट्रिय भूमि आयोगका कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगानाले स्थानीयतहले भुमि सम्वन्धि समस्या समाधानका लागी गरेका काम कारवाहिको वारेमा जानकारी लिदै कानूनले तोके अनुसार नितिगत ढंगले आयोगले तिव्रताका साथ काम गरिरहेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले भुमि सम्वन्धि समस्या समाधानका लागी नगरपलिकाले गरेका कामहरुको वारेमा जानकारी दिदै यसलाई छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागी राष्ट्रिय भूमि आयोग कञ्चनपुर लाई आग्रह गर्नु भएको छ ।
भुमी सम्बन्धी ऐन २०७६ को आठौँ संशोधन ०७६ माघ २८ मा लागु भएसँगै गत आयोगले शुरु गरेको काम गठवन्धनको सरकारले आयोग विघटन गरे पछी रोकिएको थियो । राष्ट्रिय भूमि आयोग गठन भए संगै कामले तिव्रता पाउन थालेको हो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?