राष्ट्रिय भूमि आयोगका कञ्चनपुरको काममा तिव्रता

राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले आफ्नो काम लाई तिव्रता दिएको छ । विगतको भुमि सम्वन्धि समस्या समाधान आयोग बदर भए पश्चात गठन भएको राष्ट्रिय भूमि आयोगले आफ्नो कामलाई तिव्रता दिएको हो ।
कञ्चनपुरका विभिन्न स्थानीयतहहरु र राष्ट्रिय भूमि आयोग बिच कार्यसहमति पत्रमा सम्झौता भए पश्चात राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले कामलाई तिव्र रुपमा अघि बढाउन स्थानीय तहहरु संगको छलफललाई गति दिएको छ । भुमि सम्वन्धि समस्या समाधानका लागी सोमवार कञ्चनपुरको शुक्लाफाटा नगरपालिकामा राष्ट्रिय भूमि आयोगका कञ्चनपुरले छलफको आयोजना गरेको छ । राष्ट्रिय भूमि आयोगका कञ्चनपुरका अध्यक्ष देवेन्द्रराज ढुंगानाले स्थानीयतहले भुमि सम्वन्धि समस्या समाधानका लागी गरेका काम कारवाहिको वारेमा जानकारी लिदै कानूनले तोके अनुसार नितिगत ढंगले आयोगले तिव्रताका साथ काम गरिरहेको बताउनु भएको छ ।
कार्यक्रममा बोल्दै शुक्लाफाटा नगरपालिकाका नगरप्रमुख दिल वहादुर ऐरले भुमि सम्वन्धि समस्या समाधानका लागी नगरपलिकाले गरेका कामहरुको वारेमा जानकारी दिदै यसलाई छिटो भन्दा छिटो काम सम्पन्न गर्नका लागी राष्ट्रिय भूमि आयोग कञ्चनपुर लाई आग्रह गर्नु भएको छ ।
भुमी सम्बन्धी ऐन २०७६ को आठौँ संशोधन ०७६ माघ २८ मा लागु भएसँगै गत आयोगले शुरु गरेको काम गठवन्धनको सरकारले आयोग विघटन गरे पछी रोकिएको थियो । राष्ट्रिय भूमि आयोग गठन भए संगै कामले तिव्रता पाउन थालेको हो ।

ताजा खबर

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

एक दशकदेखि कञ्चनपुरका चार पक्की पुल अलपत्र

कञ्चनपुर, ३० बैशाख । कञ्चनपुरमा विगत एक दशकदेखि चार पक्की...

भीमदत्त १८का वडा सदस्य बस्नेतद्वारा बेदकोटका खेलाडीलाई खेलकुद समाग्री

  कञ्चनपुर, ३०  बैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका १८का वडा सदस्य...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?