वडा नम्बर ३ को प्रथम वडा अधिबेशन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको भिमदत्त नगर पालिका वडा नम्बर ३ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला सह ईन्चार्ज कमरेड प्रकाश रावलको प्रमुख आतिथ्यमा सम्पन्न वडा नम्बर ३ को प्रथम वडा अधिबेशन बाट पदम सुनारको अध्यक्षतामा २५ सदस्य वडा कमिटी गठन गरिएको छ । उक्त वडा कमिटी घोषणा गर्दै सह ईन्चार्ज रावलले पार्टीलाई वलियो वनाउदै अघि बढ्ने र व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर काम गर्न सदैव तत्वर रहनु पर्ने भन्दै आम नागरिकको सेवामा सदैव तत्वर रहन समेत नया कार्यसमितिलाई निर्देशीत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य जिल्ला सह इन्चार्ज माया पन्त, केन्द्रीय सल्लाहकार परिषद सदस्य गणेश धामी, जिल्ला उपाध्यक्ष रबिन्द्र कुंवर, जिल्ला सचीव हरक सिंह धामी सह सचिब राजेन्द्र पान्डेय, जिल्ला कमिटि सदस्य सर्जन सुनार र देबकी बिष्ट विद्यार्थी नेता रमेश पन्त, युवा संघ नेपाल जिल्ला उपाध्यक्ष मुकेश सिंह लगायत को उपस्थिति रहेको थियो ।

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?