माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा भिमदत्त नगरपालिका १६ मा रहेको श्री प्रभात बिद्या निकेतनमा ब्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थिहरुका लागि बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्ट, सहायक प्रधानध्यापक श्री यज्ञराज पाण्डेय, शिक्षक देवराज जोशि, राजेन्द्र प्रशाद भट्ट, शाखा रहित बैंकिङ्ग सेवा केन्द्र लालपुरका बिरेन्द्र कलौनि सहित करिब ६० जना बिद्यार्थीहरको सहभागीता रहेको थियो । उक्त बित्तीय साक्षरता कार्यक्रमा माछापुच्छ्रे बैक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक श्री दिपक खड्का, अपरेशन ईन्चार्ज सुरेश रावल ले बैकले प्रवाह गरिरहेका सेवा सुबिधाका बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रम सञ्चालन गरिएकोमा बिद्यालयका प्रधानध्यापक श्री शंकर दत्त भट्टले धन्यवाद ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको संचालन माछापुच्छ्रे बैक ग्राहक सेवा केन्द्र शाखा रहित बैंकिङ्ग सेवा भिमदत्तनगरपालिका १६ का प्रमुख राजेन्द्र बहादुर चन्दले गर्नु भएको थियो।