लालझाडिमा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा

भोजराज भट्ट                                        
यहि पौस ११ गते आइतबार सम्पन्न हुने  लालझाडि गाउपालिका- २ स्थित कन्ज खेलमैदान मा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भएको छ । लालझाडि प्रज्ञा प्रतिस्ठान खेलकुद बिभाग को आयोजनामा हुने अफरोड म्याराथन को सम्पुर्ण तयारि पुरा भैसकेको खेलकुद बिभाग प्रमुख सुरेन्द्र बहादुर बोहराले जानकारि दिनुभएको छ । बिध्यालय तहका १४ देखि २० बर्स उमेर समुहका ६० जनाभन्दा बढि प्रतिस्पर्धि हुने अनुमान गरिएको कार्यक्रम करिब २ हजार भन्दा बढिले प्रत्यक्ष अवलोकन गर्न पाउने आयोजकको दाबि छ । प्रथम पुरुस्कार ८०००, द्वितिय पुरुस्कार ६००० , तृतीय पुरुस्कार ५००० र सान्तवना पुरुस्कार ४००० राखिएको छ । बिध्यार्थिमा अनुशासन, लगनसिलता र गतिशीलता का लागि खेलकुद महत्वपुर्ण पाटो रहेको हुनाले कार्यक्रम लाइ भब्यताका साथ सम्पन्न गराउन का लागि गाउपालिका प्रमुख मदन सेन बडायक ले सम्बन्धित सबै पक्षसङ्ग अपिल गर्नुभएको छ। अध्यक्ष बडायक ले कार्यक्रम भब्यताका साथ सम्पन्न हुने र आगामि दिनमा पनि यस्ता कार्यक्रम एवं खेलकुद को बिकासको लागि टेवा पुर्‍याउन सबै खाले संयन्त्र परिचालन गरेर गाउपालिका क्षेत्रमा रास्ट्रीय स्तरका खेलाडि उत्पादन गराउने उद्देस्य राखेको जानकारि गराउनुभयो। गाउपालिकाका सिक्षा शाखा प्रमुख सिद्धराज भट्ट ले पढाइका अतिरिक्त बिध्यार्थिको चौतर्फि बिकासका लागि खेलकुद महत्वपुर्ण पाटो भएको र यस्ता कार्यक्रमले बिध्यार्थिको मनोबल उच्च राख्ने बिस्वास ब्यक्त गर्नुभयो ।

ताजा खबर

कञ्चनपुरमा ‘जेनजी’ आन्दोलन उग्र, दर्जनौं संरचनामा तोडफोड र आगजनी

कञ्चनपुर, भदौ २७ – कञ्चनपुरमा चलिरहेको ‘जेनजी’ आन्दोलन हिंसात्मक...

जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं भदौ,  २६ । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको...

हट्यो,उपत्यकामा दिउँसोको कर्फ्यु

भदौ २७ काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?