अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती

अखिल क्रान्तिकारी र सुदूरपश्चिम विश्वविद्यालय विच ९बुँदे सहमती भएको छ । विभिन्न शैक्षिक माग अघि सारेर क्रान्तिकारीले यस अघि विश्वविद्यालयलाई ज्ञापन पत्र बुझाँउदै आन्दोलनमा उत्रिएको थियो ।

आइतबार अखिल क्रान्तिकारी र विश्वविद्यालय विच ९ हुँदे सहमती भएको अखिल क्रान्तिकारीका नेता गणेश राज मिश्रले बताए । उनका अनुसार क्रान्तिकारीले विद्यार्थीको हक हितका साथै सुप विश्वविद्यालयको चौतर्फि विकासका लागि विभिन्न माग उठान गरेको थियो । क्रान्तिकारीले अघि सारेका शैक्षिक एजेण्डामा विश्वविद्यालय सहमत भएपछि संघर्षका कार्यक्रम हालका लागि स्थिगित गरिएको उनले बताए । छात्रबृत्ति १० दिन भित्र छनौट प्रकृया अघि बढाउने, दोहोरो प्राध्यापक व्यवस्थापन गर्ने, पुष्तकालमा सुधार, केन्द्रीय क्याम्पसमा स्वच्छ खानेपानीको व्यवस्था, सेनिटरी प्याड सहित छात्रा शौचालय प्रबन्ध, परीक्षा भवन निर्माण, प्राविधिक धारतर्फका परियोजना संचालका लागि केन्द्रीय क्याम्पसमा प्राथमिकता दिने । छात्राबास चालु आर्थिक बर्षदेखि नै संचालन गर्ने । शैक्षिक पात्र अनुरुप पठन पाठन संचालन गर्ने सहमती भएको क्रान्तिकारीका नेता मिश्रले बताए । यस अघि अखिल क्रान्तिकारी सुप विश्वविद्यालय इकाई कमिटि अध्यक्ष हेमन्तराज अवस्थी नेतृत्वमा विभिन्न शैक्षिक माग अघि सारेर ज्ञापन पत्र बुझाईएको थियो ।

ताजा खबर

मन्त्र हस्पिटलमा पहिलो पटक सफल मेरुदण्डकाे शल्यक्रिया

उपेश सिंह धामी महेन्द्रनगर,२२ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे एक निजी...

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को सुदूरपश्चिम स्तरीय भेला बेलौरीमा हुने

कञ्चनपुर,  २० जेठ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को...

यातायात व्यवसायी द्वारा आन्दाेलन घाेषणा

कञ्चनपुर, १७ जेठ गण्डकी प्रदेश सरकारले ल्याएको यातायात सम्बन्धीको विवादित...

धुम्रपान रहित दिवसकाे अवशरमा कञ्चनपुरमा वक्तृत्वकला

कञ्चनपुर, जेठ १७ कञ्चनपुरमा विश्व धुम्रपान रहित दिवसमा वक्तृत्वकला आयोजना...

बागफाँटा लक्ष्मी मावि गणित विद्यामा प्रथम

कञ्चनपुर, जेठ १३ कञ्चनपुरको लक्ष्मी माध्यामिक विद्यालय बागफाँटा गणित विद्यामा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?