मन्त्र हस्पिटलमा पहिलो पटक सफल मेरुदण्डकाे शल्यक्रिया

उपेश सिंह धामी महेन्द्रनगर,२२ जेठ ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ ।

भीमदत्त नगरपालिका -०३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो ।

मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए ।

डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो ।

घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए ।

खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन । स्थानीय स्तरमै रहेको अस्पतालमा सफल अप्रेसन गरेपछि खत्री परिवार समेत हर्षित भएका छन ।

कम खर्च, स्थानीय अस्पतालमै उपचार भएपछि घाईते खत्री परिवार हर्षित भएका हुन । घाईते खत्रीलाई केही दिन चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले मन्त्र अस्पतालमै राखिएको छ ।

यस अघि पनि अस्पतालले जटिल जटिल प्रकृतिक बिरामीको अप्रेसनबिधीबाट उपचार गरेको थियो ।यसका साथै समाजिक उत्तरदायित्व अन्र्तरगत निःशुल्क शिबिरदेखिका स्वास्थ्य उपचारका कार्यक्रम गर्दै आएको छ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

आगामी बजेटमा विपद् व्यवस्थापनलाई प्राथमिकता दिन धनगढीमा प्रदेशस्तरीय नीतिगत संवाद

धनगढी, ८ असोज। सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा विपद् व्यवस्थापन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?