मन्त्र हस्पिटलमा पहिलो पटक सफल मेरुदण्डकाे शल्यक्रिया

उपेश सिंह धामी महेन्द्रनगर,२२ जेठ ।

कञ्चनपुरको महेन्द्रनगरमा रहेकाे एक निजी अस्पतालले भाँचिएको मेरुदण्डकोे सफल सल्यक्रिया (अप्रेसन) गरेको छ ।

भीमदत्त नगरपालिका -०३ महेन्द्रनगरमा रहेको मन्त्र हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले एक युवकको मेरुदण्डको सफल अप्रेसन गरेको हो ।

मन्त्र अस्पतालका प्रबन्ध निर्देशक डा. गोबिन्द रोकायाले अस्पताल स्थापनाको पहिलो पटक भाँचिएको मेरुदण्डको सफल अप्रेसन गरेको बताए ।

डा.रोकायाका अनुसार ९ जेठ ०८२मा बुटबलदेखि महेन्द्रनगर आउने क्रममा सवारी साधन(बस) दुर्घटनामा परेर घाईते भएका बेदकोट नगरपालिका १का ३१ बर्षिया धिरेन्द्र खत्रीको मेरुदण्ड भाँचिएको थियो ।

घाईते खत्रीले कोहलपुर मेडिकल कलेजमा एमआरआई गर्दा मेरुदण्ड टुटेको देखिएपछि उपचार गर्न मन्त्र अस्पताल आएका थिए ।

खत्रीको हालै अर्थोपेडिक डा. दुर्गेश चौधरी, डा. केशव भट्ट, डा. मुकेश गामी लगायतको चिकित्सक टोलीले सफल अप्रेसन गरेका छन । स्थानीय स्तरमै रहेको अस्पतालमा सफल अप्रेसन गरेपछि खत्री परिवार समेत हर्षित भएका छन ।

कम खर्च, स्थानीय अस्पतालमै उपचार भएपछि घाईते खत्री परिवार हर्षित भएका हुन । घाईते खत्रीलाई केही दिन चिकित्सककै निगरानीमा उपचार गर्नुपर्ने भएकाले मन्त्र अस्पतालमै राखिएको छ ।

यस अघि पनि अस्पतालले जटिल जटिल प्रकृतिक बिरामीको अप्रेसनबिधीबाट उपचार गरेको थियो ।यसका साथै समाजिक उत्तरदायित्व अन्र्तरगत निःशुल्क शिबिरदेखिका स्वास्थ्य उपचारका कार्यक्रम गर्दै आएको छ ।

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?