आठौ राष्ट्रिय परिवार योजना दिवस,परिवार नियोजनबारे जनचेतना अभिवृद्धीमा जोड

असोज, २ कञ्चनपुर : आठौ राष्ट्रिय परिवार योजना दिवस र नेपाल परिवार नियोजन संघको स्थापना दिवसको अवसरमा परिवार योजना सेवाका बर्तमान अवस्था र विधमान चुनौति विषयक विचार गोष्ठी सम्पन्न गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजनामा संञ्चालन गरिईएको उक्त कार्यक्रममा परिवार नियोजन सम्बन्धी जानकारी तथा विचार आदानप्रदान गरिएको थियो । करिव छ दशकअघि देखि नेपालमा व्यवस्थीत रुपमा कार्यालन्वयनमा आएको परिवार योजना (नियोजन) का कार्यक्रमहरु अहिले पनि समुदय स्तरमा प्रभावकारी देखिदएकोा नेपाल परिवार नियोजन संघ शाखा कार्यालयका कञ्चनपुरका शाखा प्रबन्धक बाशुदेव विष्टले बताए ।

परिवार नियोजनका अस्थायी आधुनिक पाँच प्रकारका साधन (कण्डम, पिल्स, डिपो, ईन्प्लान्ट र आईयुसिडी) समयमा ५३ जनाले प्रयोग गरेको अवँस्था रहेको उनले बताए । लामो समय काम गर्ने परिवार नियोजनका अस्थायी साधन जन्म नियन्त्रणकालागि प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग कमै हुने गरेको छ । महिलामा ती साधनका ज्ञानकम हुनु, सेवा प्रदायक सेवा लिन चाहने महिलसम्म नपुग्नु, मातृत्व र नवजात शिशु स्याहारमा लगानी बढाउन आवश्यक रहेको छ । पछिल्लो समय नेपालमा आधुनिक गर्भरोधका लागि नौ प्रकारका साधन उपयोगमा आएका छन । अहिले प्रजननदर कम रहे पनि परिवार नियोजनका साधनहरु कम प्रयोग गरिएको पाईएको छ । यसको लागि सुरक्षित गर्भपतन सेवालाई परिवार नियोजनको साधनको रुपमा अपनाईएको हुन सक्ने उनले बताए ।

 

कार्यक्रममा सेती महाकाली नर्सिङ्ग क्याम्पसका विद्यार्थीहरुले ‘परिवार योजना सेवाका बर्तमान अवस्था र विधमान चुनौति’ विचार प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार रहेका थिए त्यसैगरी प्रमुख अतिथिमा परिवार नियोजन संघका संस्थापक डा. गणेशदत्त भट्ट रहेका थिए भने कायैक्रम सञ्चालक स्वास्थ्य कार्यालयका कञ्चनपुरका अधिकृत छटौं कविल देव जोशीले गर्नु भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, पत्रकार, स्वास्थ्य क्षेत्रमा कार्य गरिरहेका गैर सरकारी संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य सम्बन्धी अध्ययनरत विद्यार्थीह्रुको सहभागिता रहेको थियो ।

ताजा खबर

महाकाली बहुप्राविधिक शिक्षालय द्धारा दुर्गम वस्ति खल्ला मुसेट्टीमा निःशुल्क विषेसज्ञ स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २४ जेठ महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको आयोजनामा भीमदत्त नगरपालिकाको...

भीमदत्त नगर स्तरिय टि २० क्रिकेट प्रतियोगिताको उपाधी मोर्निङ ग्लोरी स्कुललाई

कञ्चनपुर २४ जेठ कञ्चनपुरको होली फेम्ली ईङलिश मिडियम स्कुलमा आयोजना...

भीमदत्तमा मानव–वन्यजन्तु सहअस्तित्व कार्यक्रम : वातावरण संरक्षणसँगै द्वन्द्व न्यूनीकरणमा जोड

कञ्चनपुर भीमदत्त नगरपालिकाको आयोजना तथा निड्स नेपालको समन्वयमा, WWF नेपाल...

सरसफाइ तथा वृक्षारोपण गर्दै कञ्चनपुरमा विश्व वातावरण दिवस मनाइयो

कञ्चनपुर २२ जेठ विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको भीमदत्त नगरपालिकामा...

दोधारा चाँदनीका १ महिने होजियारी तालिम सम्पन्न 

  पप्पु गुरुङ  कञ्चनपुर १९ जेठ महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले कञ्चनपुरको दोधारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?