पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइन बन्ने

 भदौ २४ काठमाडौँ । पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण–इनरुवा–तिङ्ला–मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकताको योजनामा समावेश गरेको छ । तीन खण्डमा रहने यो प्रसारण लाइन र सम्बन्धित सब–स्टेसन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा यो अध्ययन सकिएको हो ।

सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण स्वामित्वमा दूधकोसी, माथिल्लो अरुण, किमाथाङ्का, अरुण–४ जस्ता ठूला आयोजना छन् । यीसहित अन्य निर्माणाधीन आयोजनासमेतलाई ध्यानमा राख्दै यो प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

“विभिन्न ठूला साना आयोजनाको विद्यत्लाई राष्ट्रिय प्रसारणमा ल्याउने गरी हामी यो आयोजना निर्माणमा लागेका हौँ,” उहाँले भन्नुभयो, “एक वर्षभित्र सबै अध्ययन सक्ने र सोअनुरूप वित्तीय तथा अन्य व्यवस्थापनका काममा प्राधिकरण जुट्नेछ । ”
करिब ३४५ किलोमिटर लामो ४०० केभी क्षमताको यो प्रसारण लाइनलाई विभिन्न सब–स्टेसनमार्पmत जोडने गरी तीन खण्डमा निर्माण गर्न खोजिएको छ । यसअनुसार पहिलो खण्ड १०० किलोमिटर इनरुवा–न्यु अनारमनी, दोस्रो खण्ड १३० किलोमिटर इनरुवा अरुण र तेस्रो खण्ड अरुण दूधकोसी–तिलङ्गा ११५ किलो मिटरका छन् । हरेक खण्डसँगै आधुनिक सब–स्टेसनहरू पनि बन्नेछन् ।

प्राधिकरणको वार्षिक प्रतिवेदनअनुसार यो प्रसारण लाइनको वातावरणीय र सामाजिक प्रभावको अध्ययनका लागि भारतीय कम्पनी बापकोससँग सम्झौता पनि भइसकेको छ । सम्भाव्यता अध्ययन र विस्तृत डिजाइनका काम भने इएलसी इलेक्टोकन्सल्टले जारी राखेको छ । सबै खाले अध्ययन एक वर्षभित्र टुङ्ग्याएर वित्तीय व्यवस्थापन गर्ने सोच प्राधिकरणको छ । प्रसारण लाइनको पावर फ्लो अध्ययन जारी रहेको प्राधिकरणले जनाएको छ ।

एक वर्षभित्र अध्ययनका कार्य सकेको त्यसको सात वर्षमा प्रसारण लाइन तयार गर्ने आफ्नो योजना रहेको घिसिङले बताउनुभयो । “विद्युत् आयोजनाहरू विकास भएर उत्पादन थाल्ने समयसम्ममा प्रसारण लाइन पनि तयार हामीले तयार गर्नेछौँ,” घिसिङले भन्नुभयो ।

ताजा खबर

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

स्थानीय तहको संख्या र सीमा हेरफेरबारे कञ्चनपुरमा पहिलो बैठक

कञ्चनपुर, २५ साउन   स्थानीय तहको संख्या तथा सीमा हेरफेर र...

विपद्का बेला बजार र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता कायम गर्न सरोकारवालाको जोड

कञ्चनपुर,२४ साउन कञ्चनपुरको महेन्द्रनगरमा विपद् तथा आपत्कालीन अवस्थामा बजार...

महेन्द्रनगरमा निःशुल्क बारिष्टा तालिम सुरु, युवालाई स्वरोजगार बनाउने लक्ष्य

कञ्चनपुर, २३ साउन । कञ्चनपुरको महेन्द्रनगरमा पहिलो पटक निःशुल्क १०...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?